खेलकुद

जापानमाथि फराकिलो जितसँगै नेपाल फाइनलमा, एसिया कपमा स्थान सुरक्षित

बिज्ञापन

काठमाडौं । मलेसियामा जारी एसीसी यू १९ प्रिमियर कपको सेमिफाइनलमा नेपालले जापानमाथि १४४ रनको फराकिलो जितसहित फाइनलमा स्थान बनाएको छ ।

बिज्ञापन

वर्षाले प्रभावित खेलमा नेपालले दिएको १८७ रनको लक्ष्य पछ्याउने क्रममा जापान ४३ रनमा अलआउट भयो ।

फाइनलमा पुगेसँगै नेपाल यु १९ एसिया कपमा छनाैट भएकाे छ ।

टस हारेर पहिलो ब्याटिङ गरेको नेपालले २५ ओभरमा २ विकेट गुमाएर १४० रन जोडेको थियो । ओपनर दिपक बोहराले ७० बलमा ७९ रन जोडेर आउट भए भने क्रिजमा आकाश त्रिपाठी र कप्तान देव खनाल खेलिरहेका थिए ।

तर २५ ओभरपछि वर्षाका कारण खेल लामो समय रोकियो । त्यसपछि नेपालले ब्याटिङमा फर्कन पाएन । जापानलाई जितका लागि २२ ओभरमा १८७ रनको परिमार्जित लक्ष्य दिइयो । तर, नेपालको धारिलो ब्याटिङसामू जापानका ब्याट्सम्यानहरु टिक्न सकेनन् ।

फेरि एकपटक स्पिनर दिपेश कँडेलले उत्कृष्ट प्रदर्शन गरे । उनले ३ ओभर बलिङ गर्दा १३ रन खर्चेर तीन विकेट लिए । हेमन्त धामीले पनि तीन ओभरमा ८ रन खर्चेर तीन विकेट लिएका थिए ।

नेपालले अब यूएईसँग फाइनल खेल्ने छ । नेपालको यू १९ टिम विश्वकपमा समेत छनोट भइसकेको छ ।

बिज्ञापन