Sudur Pradesh News

लागूऔषधसहित युवती र युवक चिसापानीबाट पक्राउ

बिज्ञापन

सापानी । कैलालीबाट लागूऔषधसहित युवती र युवक पक्राउ परेका छन्। जिल्लाको लम्कीचुहा नगरपालिका-३ चिसापानीको नँया बस्तीबाट १ ग्राम लागूऔषधसहित सोही ठाँउका ३० वर्षीया दिपा बिष्ट र २३ वर्षीय भुपेश थापा बिहीवार साँझ पक्राउ परेका हुन्।

बिज्ञापन

लागूऔषधको कारोबार भईरहेको भन्ने गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय लम्की र इलाका प्रहरी कार्यालय चिसापानीको संयुक्त प्रहरी टोलीले दिपाको घरमा चेकजाँच गर्दा लागूऔषध फेला पारी दुबै जनालाई पक्राउ गरेको प्रहरीले बताएको छ। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ।
 

बिज्ञापन