Sudur Pradesh News

अछामको कमलबजार नगरपालिकामा तालाबन्दी 

बिज्ञापन

अछामः अछामको कमलबजार नगरपालिकामा तालाबन्दी गरिएको छ। कमलबजारमा क्रियाशिल राजनीतिक दल नेकपा माले, नेकपा एकीकृत समाजवादी, नेकपा माओवादी (विप्लव) र नेपाल मजदुर किसान पार्टीले असोज १९ गतेदेखि ताला लगाएका हुन्।

बिज्ञापन

असोज ३० गते नगरपालिकाको ताला खोल्नका लागि डाकिएको सर्वदलीय बैठक अगाडि नै उपप्रमुखले जबर्जस्ती ताला खोलेपछि राजनीतिक दलले फेरि ताला लगाएका छन्। कमलबजारमा राजनीतिक समस्याका कारण नै विवाद चर्किएको नगर प्रमुख यज्ञप्रसाद ढकालले बताए।

नगर उपप्रमुखले बहुमतको आडमा पुराना सबै करारका कर्मचारी हटाएर आफू अनुकुल कर्मचारी भर्ना गर्नका लागि विवाद झिकिरहेको उनले आरोप लगाए। नगरपालिकाकी उपप्रमुख शारदा विष्ट कुँवरले नगरप्रमुख ढकालले लगाएका सबै कुरा आरोप मात्रै भएको र त्यसमा सत्यता नभएको बताएकी छिन्।

कमलबजारको विवादका कारण कर्मचारीले साउनदेखि तलब नपाएको निमित्त प्रमुख प्रशासकीय अधिकृत खडक विष्टले बताए। नगरपालिकामा करार कर्मचारीको विषयलाई लिएर सुरु भएको विवाद चर्किँदै गएको छ। अघिल्लो कार्यकालका जनप्रतिनिधिले करारमा राखेका कर्मचारी नीति, विधि र प्रक्रिया बाहिरबाट आएको भन्दै उपमेयरसहितले करार कर्मचारी हटाउनुपर्ने अडान लिएपछि विवाद निस्किएको हो।
 

बिज्ञापन