खेलकुद

पाकिस्तान उड्नुअघि सन्दीपले भने- खेल्नलाई फिट छु

बिज्ञापन

काठमाडौं । एसिया कप क्रिकेट खेल्नका लागि राष्ट्रिय क्रिकेटर सन्दीप लामिछाने पाकिस्तान गएका छन् । अदालतमा मुद्दा विचाराधिन रहेका कारण टिमसँगै जान नपाएका सन्दीप पेशी सरेपछि सोमबार पाकिस्तान प्रस्थान गरेका हुन् ।

बिज्ञापन

उनलाई त्रिभुवन विमानस्थलमा राखेपका सदस्यसचिव टंकलाल घिसिङले विदाई गरेका थिए । पाकिस्तान जानु अघि सन्दीपले एसियाकपमा राम्रो प्रदर्शन गर्ने बताए । आफूले पनि राम्रो अभ्यास गरेको बताउँदै आफू खेल्नलाई फिट रहेको उनले बताए ।

त्यस्तै राखेप सदस्य सचिव घिसिङले एसिया कप क्रिकेट खेल्नु आफैमा ऐतिहासिक रहेको भन्दै उक्त खेलका लागि सन्दीपको भूमिका पनि अर्थपूर्ण रहेको बताए । एसिया कपमा नेपालले राम्रो नतिजा निकाल्ने उनले बताए ।

मुद्धाको पेशी आईतबार रहेका कारण सन्दीप नेपाली टिमसँग पाकिस्तान गएका थिएनन् । मुद्धा आईतबार हेर्न नभ्याईने भन्दै भदौ २१ गतेको पेशी तोकिएको छ । अर्को पेशी अघिनै खेल्न भ्याईने भएपछि सन्दीप एसिया कपका लागि पाकिस्तान गएका हुन् । नेपालले एसिया कप क्रिकेटमा अगष्ट ३० मा पाकिस्तानसँग र सेप्टेम्बर ४ मा भारतसँग प्रतिस्पर्धा खेल्नेछ ।

बिज्ञापन