टीकापुर

नागरिक उन्मुक्ति पार्टीको  टीकापुर नगर अध्यक्षमा जितबहादुर चौधरी चयन

बिज्ञापन

टीकापुर । नागरिक उन्मुक्ति पार्टीको  टीकापुर नगर अध्यक्षमा जितबहादुर चौधरी चयन भएका छन् । नागरिक उन्मुक्ति पार्टीको  टीकापुर नगरपालिकाको प्रथम नगर अधिवेशन सम्पन्न  भएको छ । अधिवेशनले जीतबहादुर चौधरीको अध्यक्षतामा ६८ सदस्यीय नयाँ कमिटी   सर्वसम्वत चयन गरेको छ । 
अधिवेशनले उपाध्यक्षमा पुष्पा नेपाली, फुलराम थारु, मीनबहादुर साँउद, रिता चौधरी, सचिवमा लक्ष्मण चौधरी, सहसचिवमा लक्ष्मीनारायण आचार्य, प्रेमलाल चौधरी, शान्ति चौधरी, कोषाध्यक्षमा अमिशा चौधरी र सहकोषाध्यक्षमा रामकृष्णी चौधरी सहित ६८ सदस्यीय कमिटी चयन गरेको छ ।  
नागरिक उन्मुक्ति पार्टीका टीकापुर नगरका उपाध्यक्ष पुष्पा नेपालीको अध्यक्षतामा भएको अधिवेशन उद्घाटन कार्यक्रममा प्रमुख अतिथी नागरिक उन्मुक्ति पार्टीका केन्द्रिय प्रवक्ता दामोडर पण्डित रहनु भएको थियो । नागरिक उन्मुक्ती पार्टीका नगर पूर्व सचिव  बालगोविन्द चौधरीले स्वागत गर्नुभएको अधिवेशन उद्घाटन सत्रमा नागरिक उन्मुक्ती पार्टीका केन्द्रिय सदस्य ललित ताम्राकार, उषा चौधरीले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
केन्द्रिय सदस्य तथा टीकापुर नगर अधिवशेन तयारी समिति संयोजक प्रदीपकुमार चौधरीले पार्टीको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । यस्तै नागरिक उन्मुक्ति पार्टीले फागुन ३ गते कैलाली जिल्ला अधिवेशन र आउँदो बैशाख ४ देखि ६ गतेसम्म टीकापुरमा केन्द्रिय अधिवेशन गर्ने निर्णय गरेको छ । 

बिज्ञापन
बिज्ञापन