टीकापुर

टीकापुर उद्योग वाणिज्य संघद्वारा महोत्सवको आयोजना हुने

बिज्ञापन

टीकापुर, १८ मंसिर । टीकापुर उद्योग वाणिज्य संघद्वारा भव्य महोत्सवको आयोजना हुने भएको छ । आज टीकापुर उद्योग वाणिज्य संघको कार्यलयमा एक पत्रकार सम्मेलन गरेर संघले उक्त कुराको जानकारी गराएको हो ।

बिज्ञापन

विगत कोराना कालको कारण दुई वर्षसम्म स्थगित महोत्सव यस वर्ष आउँदो माघ ४ गते देखि १५ गतेसम्म टीकापुरमा महोत्सवको आयोजना गर्न लागिएको संघका अध्यक्ष चक्रपाणि सापकोटाले पत्रकार सम्मेलनमा जानकारी गराउनुभयो । उहाँले भन्नुभयो महोत्सवको माध्यमद्वारा टीकापुर क्षेत्रको बेग्लै चिनारी र विभिन्न क्षेत्रको व्यावसायिक अभिवृद्धिमा सफलता पुग्ने उद्देश्यले महोत्सव औधिक, साँस्कृति, शैक्षिक, कृषि र पर्यटकीय विषय–वस्तुमा आधारित हुनुको साथै ख्याति प्राप्त राष्ट्रिय कलाकारहरुको पनि जमघट हुने छ उहाँले बताउनुभयो ।

महोत्सवको मिति तय भएपनि अहिलेसम्म मुख्य अतिथि कसलाई बोलाउने भन्ने कुरामा चाहि अझै टुङ्गो लाग्न नसकेको संघका पदाधिकारीले जानकार िगराए ।

महोत्सवलाई विभिन्न क्षेत्रमा सफल बनाउन संघले विभिन्न समिति एवं उपसमितिहरुको गठन पनि गरेको छ । जस अनुसार मूल आयोजक समिति एवं सचिवालयमा चक्रपाणि सापकोटाको संयोजकत्वमा व्यवस्थापकमा निवर्तमान अध्यक्ष रामबहादुर भण्डारी, सदस्यमा सन्तोष खड्का, कृष्णप्रसाद बजगाई, तपेन्द्र कुँवर, लोकेश साउँद, पृथ्वीराज ढुंगाना, प्रकाश तिमिसिल्सना र सदस्य सचिवमा नवराज रिमाल रहने गरी चयन गरिएको छ ।

यस्तै प्रकार आर्थिक व्यवस्थापन उपसमितिको संयोजकमा कृष्णप्रसाद बजगाई, व्यानर व्यवस्थानपनमा हेमन्त रावल, स्टल व्यवस्थापनमा बमबहादुर वली, मञ्च व्यवस्थापनमामा पृथ्वीराज ढुंगाना, साँस्कृतिक व्यवस्थापनमा तपेन्द्र कुँवर, अतिथि सत्कार व्यवस्थापनामा सन्तोष खड्का, पार्किङ व्यवस्थापनमा नमराज देवकोटा, छपाई तथा टिकट व्यवस्थापनामा लोकेश साउँद, प्राथमिक उपचार व्यवस्थापनमा माया बागदास, सूचना तथा संचार व्यवस्थापनमा प्रकाश तिमिल्सिना, परिसर व्यवस्थापनमा जीत बहादुर चौधरी, यातायात तथा प्रचार प्रसार व्यवस्थापनमा दुर्गा साहु, कृषि प्रदर्शनी व्यवस्थापनमा टीका शाही, रमाइलो मेला व्यवस्थापनमा हंशराज रावल र सूचना प्रविधि व्यवस्थापनमा लालबहादुर चौधरीलाई संयोजकको जिम्मेवारी दिइएको छ ।

बिज्ञापन