टीकापुर

टीकापुरका स्कूलहरुमा वार्षिकोत्सव मानउनेहरुको लर्को

बिज्ञापन

टीकापुर, ९ फागुन । अहिले टीकापुरका स्कूलहरुमा वार्षिकोत्सव मानउनेहरुको लर्को लागेको छ ।

बिज्ञापन

हिजो वीरेन्द्र विद्या मन्दिर मावि टीकापुरले आफ्नो ४८ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको छ । अभिभावक दिवसमा बोल्दै संघीय सांसद लालविर चौधरीले विरेन्द्र विद्या मन्दिरको विकासका लागि विद्यालय गुरुयोजना सहित आएमा आफू सहयोगी रहने बताउनुभयो । उहाँले शैक्षिक विकासका लागि वीरेन्द्र विदा मन्दिर टीकापुरको मात्र नभइ सुदूरपश्चिम तथा मध्यपश्चिमकै नमूना भएकाले सक्दो सहयोग रहने बताउनुभयो । 


कार्यक्रममा सुदूरपश्चिम प्रदेश सभा सदस्य ललिता सुनारले विद्यार्थीले प्रयोग गरेको नयाँ प्रविधि देख्दा खुशी लागेको बताउँदै यो विद्यालय गुठीका रुपमा मात्र नभइ यस विद्यालयको विकासका लागि आफूले प्रयास गर्ने बताउनुभयो । 


विद्यालयका गुठीयार प्रमुख नवराज रावलको अध्यक्षतामा भएको कार्यक्रममा सुदूरपश्चिम प्रदेशसभा सदस्य लक्ष्मण चौधरी, पूर्व सांसद उमादेवी वादी, टीकापुर बहुमुखी क्याम्पस प्रमुख केशरबहादुर कुँवर,  विरेन्द्र बहुमुखी क्याम्पस प्रमुख हर्कबहादुर भण्डारी, सुदूरपश्चिम विकास परिषद सदस्य गणेश ओझा, विद्यालयका पूर्व प्रधानाध्यापक यज्ञराज ज्ञवाली, विरेन्द्र बहुमुखी क्याम्पसका स्ववियु सभापति धनञ्जय रिमाल, विद्यार्थी हेमन्त साउँद लगायतले बोल्नुभएको थियो ।

सुदूरपश्चिम प्रदेश सांसद लक्ष्मण किशोर चौधरीले खड्ग मेमोरियल स्कुलले टीकापुर क्षेत्रमा शैक्षिक र खेलकुद क्षेत्रमा अतुलनिय योगदान गरेको बताउनुभयो । उहाँले स्कुलको उन्नति प्रगतीका लागि सबैको सहयोग आवश्यक रहेको बताउदै विद्यालयको २० विघा क्षेत्रफलमा आवश्यक पूर्वधार निर्माणमा आफुले सहयोग गर्ने बताउनुभयो । खड्ग मेमोरियल सेकेन्डरी स्कुल सार्वजनिक शैक्षिक गुठी टीकापुरको ३६ औं स्थापना तथा अभिभावक दिवसमा बोल्दै उहांले सो कुरा बताउनु भएको हो । 

त्यस्तै सप्तऋषि माध्यमिक विद्यालयको २६ औं वार्षिकोत्सब तथा अभिभावक दिवस सोमबार सम्पन्न भएको छ । विद्यालय संचालक समितिका अध्यक्ष जंगबहादुर चौधरीको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि पुर्व राज्यमन्त्री जनकराज चौधरी रहनुभएको थियो भने विशिष्ट अतिथि विद्यालयका संस्थापक शिक्षक भिम राम चपाई, टीकापुर प्याप्सन नगर कमिटी अध्यक्ष मान बहादुर थापा र इश्वरी विश्व विद्यालयकी संचालिका सिता तिमिल्सिना रहनुभएको थियो ।
   कार्यक्रममा प्रमुख अतिथि चौधरीले शिक्षा चतुरयाइँ मात्र नभई शिक्षा विकास, शिक्षा सिर्जना, शिक्षा निर्माण रहेको बताउनुभयो ।


     कार्यक्रमका विशिष्ट अतिथि मानबहादुर थापाले विश्व जगतमा शिक्षालाई महत्त्वपूर्ण रहेको बताउँदै शिक्षा विनाको बिकासमा गुणस्तर हिन हुने बताउनुभयो । कार्यक्रममा टीकापुर नगरपालिका शिक्षा शाखा प्रमुख नरेश अवस्थी, प्यापसनका केन्द्रिय सदस्य डिल्लीराम बोहरा, विद्यार्थी सुकृति चौधरी, संस्थापक विद्याप्रसाद ढुङ्गाना, नगरिक उन्मुक्ति पार्टीका प्रवक्ता दामोदर पण्डित लगायतले शुभकामना दिनुभएको थियो ।

बिज्ञापन