विज्ञापन

काठमाडौं । चालू आर्थिक वर्षको पहिलो सात महिनामा रु १२ अर्ब ४६ करोड ३४ लाख मूल्य बराबरका ४२ करोड ६३ लाख ५७ हजार ८१० केजी धान आयात भएको छ ।
विज्ञापन

सो अवधिमा बङ्गलादेशबाट रु १४ हजार मूल्य बराबरका १६ केजी र भारतबाट रु तीन करोड २१ लाख ५२ हजार मूल्य बराबरका ११ लाख तीन केजी विभिन्न जातका धानका बीउ आयात भएको छ ।
केही वर्षदेखि लगातार चामल, धान र धानका बीउको आयात बढ्दै गएको भन्सार विभागको तथ्याङ्कमा उल्लेख छ ।
चालु आर्थिक वर्षको पहिलो सात महिनामा भारतबाट ४२ करोड ५२ लाख ५७ हजार ७९१ केजी चामल बनाउन हुने धानको आयात भएको भन्सार विभागले जनाएको छ ।
विज्ञापन

अन्य समाचारहरु
कृषि गणना गर्न सुपरिवेक्षक खटिदै
कैलालीका मौरीपालक किसानहरुलाई अनुदान
डुबेको धानको किसानले पाएनन् राहत