कृषि

डुबेको धानको किसानले पाएनन् राहत

बिज्ञापन

सल्यान । गत कात्तिक पहिलो साताको बेमौसमी वर्षाबाट भएको क्षतिको राहत किसानले अहिलेसम्म पाउन सकेका छैनन् । कोटेर सुकाएको धान वर्षाले डुबाएपछि सरकारले क्षतिपूर्ति दिने घोषणा गरेको थियो तर सरकारले घोषणा गरेको महिनौँ बितिसक्दा समेत किसानले राहत पाउन सकेका छैनन् ।

शुरुमा राहत पाइन्छ कि भनेर आशा गरेको किसानहरूको आशा भने अहिले निराशामा परिणत भएको छ। पाँच महिनाभन्दा बढी भइसक्दा समेत राहत नपाएको कुमाख गाउँपालिका– ३ रागेचौरका किसान लीलाधर केसीले बताए। आफ्नो खेतमा रहेको ३० मुरी धान काम नलाग्ने गरी भिजेको उनको भनाइ छ । सरकारले किसानलाई राहतभन्दा बढी आश्वासन मात्र दिएको केसीले बताए ।

बिज्ञापन

जिल्लामा ७ हजार ७२ हेक्टर क्षेत्रफलमा धान खेती हुँदै आइरहेको र किसानले करिब ३० हजार मेट्रिकटन धान उत्पादन गरेकोमा कुल उत्पादनको २७.८५ प्रतिशत अर्थात् २ हजार ८०६ मेट्रिकटन धानमा क्षति पुगेको कृषि विकास कार्यालयको तथ्यांकमा रहेको छ ।

क्षतिको विवरण संकलन गरी मन्त्रालयमा पठाएको भए पनि राहत नआएको कृषि विकास कार्यालय सल्यानका प्रमुख भरत बस्नेतले बताए ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।

दशवटै पालिकाबाट क्षतिको विवरण संकलन गरी सम्बन्धित मन्त्रालयमा पठाएको भए पनि हालसम्म राहत नआएको जिल्ला प्रशासन कार्यालय सल्यानका सहायक प्रमुख जिल्ला अधिकारी थमन खड्काले बताए। के कति कारण राहत रोकिएको छ, त्यसबारे कुनै जानकारी नआएको उनको भनाइ छ ।
वर्षाले झन्डै ४ करोड ९२ लाख रुपैयाँको धानमा क्षति पु¥याएको अनुमान गरिएको थियो। क्षतिपूर्ति माग्दै जिल्लाका ५ हजार किसानले कार्यालयमा निवेदन पेश गरेका थिए ।

कार्यालयका अनुसार शारदा नगरपालिकामा १ हजार २६९, बागचौर नगरपालिकामा ८११, बनगाड कुपिण्डे नगरपालिकामा ५२५, कालीमाटी गाउँपालिकामा ५१८, त्रिवेणीमा १ हजार ४८८, छत्रेश्वरीमा १ हजार ८०३, दार्मामा २१०, कुमाखमा ९९१, सिद्धकुमाखमा ७५१ मेट्रिकटन पाकेको धानमा क्षति भएको थियो ।

शारदा नगरपालिकामा ९१९, बागचौर नगरपालिकामा ६३६, बनगाड कुपिण्डे नगरपालिकामा ९९०, त्रिवेणीमा ७७७, छत्रेश्वरीमा ७०७, कपुरकोटमा ३५३, कालीमाटीमा १६०, दार्मामा ४९५, कुमाखमा ७७७ र सिद्धकुमाख गाउँपालिकामा ३५३ हेक्टर खेतीयोग्य जग्गामा किसानले धानबाली लगाएका थिए ।

पाकेको धानबाली क्षति हुँदा जिल्लाभरीका अधिकांश किसान प्रभावित भएको कार्यालयको भनाइ छ ।