राजनीति

३२ जिल्लामा चुनाव लड्ने जनमत पार्टीको तयारी

बिज्ञापन

सप्तरी । पहिलोपटक चुनावमा भाग लिन लागेको डा सीके राउत नेतृत्वको जनमत पार्टीले अब हुन लागेको स्थानीय तहको निर्वाचनमा ३२ जिल्लामा सहभागी हुने जनाएको छ । जनमत पार्टीको महासचिव चन्दन सिंहले पार्टीले मधेस प्रदेश सहित ३२ जिल्लामा निर्वाचनमा सहभागी हुने बताए ।

बिज्ञापन

सोही अनुरुप जनमत पार्टीले चुनाव केन्द्रित गतिविधि सुरु गरिसकेको छ । पार्टीले किसान आन्दोलन र माटो सङ्कलनको अभियान सँगसँगै चुनावी अभियानलाई पनि लैजाने गरी योजनाहरू बुनिरहेको छ ।

केही दिनअघि मात्रै माटो सङ्कलन यात्राका लागि गृह जिल्ला सप्तरी पुगेका डा. राउतले त्यहाँ कार्यकर्ता तथा जनतासँग भेटघाट गरेका थिए । जनमतले स्थानीय तहको निर्वाचनको क्रममा निर्वाचनबाट जनताको राज ल्याउने, भ्रष्टाचारको अन्त्य गर्ने र १० लाख बेरोजगारलाई रोजगारी दिनेलगायतका योजनालाई अघि सारेको छ ।

स्थानीय तहको निर्वाचन हुन अब ४९ दिन बाँकी छ । त्यसअघि निर्वाचनका लागि ठोस योजना र रणनीति तय गर्नका लागि पार्टीको बैठक बस्ने तयारी भएको छ ।

बिज्ञापन