कार्तिक ,२३
दाङको तुलसीपुरबाट रोल्पा जाँदै गरेको जिप दुर्घटनाबाट तीन जनाको मृत्यु भएको छ।

रोल्पा जाँदै गरेको लु १ ज नम्बरको जिप दुर्घटना हुदा तीन जनाको मृत्यु भएको छ।
चालक रोल्पा गंगादेव -५ का ६५ वर्यीय गंगाबहादुर बुढा ,गंगादेव गाउँपालिकाका -७ बथानका ३५ वर्यीय भीमबहादुर र दाङ बबई गाउँपालिकाका २ पंचकुलेका १७ वर्यीय भीमराज बुढाको घटनास्थलमै मृत्यु भएको हो।

दुर्घटनामा परेको जिपमा सात जना सवार थिए ।प्रहरी नायब उपरीक्षक गोविन्द थापाको जानकारी अनुसार तीन जनाको घटनास्थलमै मृत्यु भएको र चार जना सामान्य घाइते भएका छ्न ।
ती चारजना हामफालेर बाँचेका हुन ।उकालो चढन नसकेर जिप व्याक भएको रहेछ। उनले भने ;जिप भित्ररहेकाहरुको मृत्यु भएको हो।
सल्यानको छ्त्रेश्ररी गाउँपालिका -४ तिबाङधुरीमा शनिबार बेलुकीतिर उक्त जिप दुर्घटना भएको बताएको छ।
उक्त जिप सडकदेखि करिब डेढ सय मिटर तल खसेको बताएको छ।
अन्य समाचारहरु
दुई नाबालक छोरालाई विष खुवाएर आमाले पनि गरिन् आत्महत्या प्रयास, एक छोराको मृत्यु
बिहेको प्रस्ताव अस्वीकार गरेपछि एक युवाले गरे प्रेमिकासहित काकाको हत्या
छ जिल्लामा छ जना मृत फेला