राष्ट्रिय समाचार

कोरियन भाषा परीक्षा वैशाखदेखि शुरु हुने

बिज्ञापन

काठमाडौं । कोरियन भाषा परीक्षा (इपिएस टपिक) का लागि चैत १४ गतेदेखि आवेदन खुल्ने भएको छ । वैदेशिक रोजगार विभाग, इपिएस कोरिया शाखाले सोमवार सार्वजनिक सूचना जारी गरेर चैत १४ देखि २१ गतेसम्म आवेदन खुल्ने जानकारी दिएको हो । कोरियामा गई काम गर्न इच्छुक नेपालीका लागि भाषा परीक्षाको आवेदन खुल्न लागेको हो ।

बिज्ञापन

कृषि तथा पशुपालन क्षेत्रको पहिलो भाषा र सीप परीक्षण परीक्षा २९ वैशाखदेखि १३ जेठसम्म तथा दोस्रो परीक्षा २४ जेठदेखि १६ असारसम्म हुनेछ भने उत्पादनमूलक क्षेत्रको पहिलो भाषा परीक्षा तथा सीप परीक्षण परीक्षा २० असारदेखि १० भदौ र दोस्रो परीक्षा १६ भदौदेखि २१ असोजसम्म हुनेछ । १८ वर्ष पूरा भई ३९ वर्ष ननाघेका नेपाली नागरिकले अनलाइनमार्फत आवेदन दिन पाउनेछन् ।

सार्वजनिक सूचना अनुसार उत्पादनमुलक क्षेत्रमा पढाई र सुनाई गरी १०० पूर्णांकको परीक्षामा उत्तीर्ण हुन कम्तिमा ५५ अंक ल्याउनुपर्नेछ । ९० पूर्णांकको कृषि तथा पशुपालन क्षेत्रमा उत्तीर्ण हुन कम्तिमा ३६ अंक ल्याउनुपर्नेछ ।

परीक्षा शुल्क २४ डलर तोकिएको छ।

बिज्ञापन