राष्ट्रिय समाचार

सुदूरपश्चिम प्रदेश लोकसेवा आयोगले खोल्यो विज्ञापन

बिज्ञापन

धनगढी । सुदूरपश्चिम प्रदेश लोकसेवा आयोगले पदपूर्तिका लागि पहिलोपटक विज्ञापन आह्वान गरेको छ ।

बिज्ञापन

आयोगले बुधबार खुला तथा समावेशी प्रतियोगितात्मकतर्फ स्थायी पदपूर्ति गर्न १६७ जनाका लागि विज्ञापन आह्वान गरेको हो ।

आयोगले प्रदेश निजामती सेवाअन्तर्गत नेपाल वन सेवा, जनरल फरेष्ट्री समूह, तहविहीन, वन रक्षक पदको खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाको विज्ञापन गरेको हो ।

प्रदेशमा रिक्त स्थायी पदपूर्ति गर्ने गठित आयोगको आदेशानुसार स्थायी पदपूर्तिका लागि विज्ञापन गरिएको हो।आयोगले खुलातर्फ ९२, महिला २५, आदिवासी÷जनजाति २०, मधेसी १६, दलित ७, अपांग ४ र पिछडिएको क्षेत्रबाट ३ गरी १६७ कोटा छुट्याएको छ ।

योग्यता पुगेका नेपाली नागरिकले २९ चैतसम्म नियमित र दोब्बर दस्तुरमा ६ वैशाखसम्म अनलाइनमार्फत् आवेदन दिन पाउनेछन् । कक्षा ८ उत्तीर्ण भई शारिरिक तन्दुरुस्ती भएका १८ वर्षदेखि ३५ वर्ष उमेर समूहकाले दरखास्त दिन पाउने सूचनामा उल्लेख छ ।

बिज्ञापन