राष्ट्रिय समाचार

अछाममा सुत्केरी महिलाको हेलिकप्टरबाट उद्धार

बिज्ञापन

अछाम । अछामबाट एक गर्भवती महिलाको हेलिकप्टरबाट उद्धार गरिएको छ ।

बिज्ञापन

जिल्लाको रामारोशन गाउँपालिका ४ बाटुला सैन छडे नाका सर्प विककी श्रीमती अम्बकला विकको राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत हेलिकप्टरमार्फत उद्धार गरिएको हो ।

अम्बकला बिरामी भएको थाहा पाएपछि एमाले टोल कमिटी गोविन्द बिक अगुवाइमा मोहन बिक जनपुरा बिक, मोती बिक, ईश्वरी बिक लगायतले स्टेचरमा ३ घण्टा बोकेर स्वास्थ्य चौकी पुराएका थिए ।

स्वास्थ्य चौकीमा उपचार सम्भव नभए पछि वडा, पालिका र जिल्ला प्रशासनको समन्वयमा सुर्खेत पठाएको समाजसेवी तथा नेकपा एमालेका नेतृ धर्मिन्द्रा शाहले जानकारी दिनुभयो ।

शुक्रवार (आज) बिहान बाटुला सैन स्वास्थ्य चौकीमा प्रसूतिका लागि ल्याइएकी विकले छोरीलाई जन्म दिए पश्चात् रक्तस्रावका कारण स्वास्थ्यमा जटिलता आएको थियो ।

बच्चा जन्मिसकेपछि पनि उच्च रक्तस्राव हुँदा उहाँलाई प्रादेशिक अस्पताल सुर्खेत रेफर गरिएको महिला स्वास्थ्य स्वयंसेविका मनसरादेबी खत्रीले जानकारी दिनुभयो ।

स्थानीय जनप्रतिनिधि, जिल्ला प्रशासन कार्यालय एवम् महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको समन्वयमा उद्धार गरी सुर्खेत पठाइएको अछामका प्रमुख जिल्ला अधिकारी विश्वराज मरासिनीले जानकारी दिनुभयो ।

गर्भवती, सुत्केरी तथा जटिल अवस्थामा महिलालाई जिल्लामा उपचार सम्भव नभए पछि राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत कुरुवा सहित निःशुल्क सुविधा सम्पन्न अस्पतालमा पठाउने गरिएको प्रमुख जिल्ला अधिकारी मरासिनीले बताउनु भयो ।

पछिल्लो ५ महिनाको अवधिमा मात्रै ५ जना महिलाको हेलिकप्टरबाट उद्धार गरिसकेको उहाँको भनाइ छ । दुर्गम क्षेत्रका महिलालाई राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत उद्धार गरिँदै आएको छ ।

बिज्ञापन