घटना समाचार

बैतडीमा कोदालो प्रहार गरेर युवकको हत्या

बिज्ञापन

बैतडी । बैतडीमा कोदालो प्रहार गरेर एक युवकको हत्या भएको छ । शुक्रबार जिल्लाको डिलाशैनी गाँउपालिका–७ स्थित मनेकुडामा २८ वर्षीय श्याम ऐरमाथि ३० वर्षीय विरेन्द्र ऐरले कोदालो प्रहार गरेर हत्या गरेका हुन् ।

बिज्ञापन

दिउँसो करिव साढे १ बजेतिर पानीको विषयमा विवाद हुँदा विरेन्द्रले कोदालो प्रहार गरेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक तथा प्रवक्ता लोकराज जोशीले बताए । मृततक ऐरकी श्रिमतीले लुगा धुने बेलामा विरेन्द्रले पानी बन्द गरेपछि विवाद भएको थियो । विवाद बढेपछि विरेन्द्रले श्यामको छातीमा कोदालो प्रहार गरेका थिए ।

अहिले मृतक श्यामको शव पोस्टमार्टमका लागि स्थानीय गोकुलेश्वर अस्पतालमा लगिएको प्रहरीले बताएको छ । यस्तै कोदालो प्रहार गर्ने विरेन्द्रलाई पक्राउ गरेर घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

बिज्ञापन