Uncategorized

तुहिनेभयो लुम्बिनीमा अविश्वासको प्रस्ताव

बिज्ञापन

बैशाख ६ काठमाडौ
मुख्यमन्त्री शंकर पोखरेलबिरुद्ध ल्याएको अबिश्वसको प्रस्ताव दर्ता हुँदा हुदै परिणाम फरक देखिने भएको छ मुख्यमन्त्री पोखरेललाई जनता समावजादी पार्टी (जसपा)को बलियो समर्थन प्राप्त हुने भएको छ।
जसपाले साथ दिएपछि माओवादी नेतृत्वको भएको अबिश्वासको प्रस्ताव तुहिने देखिएको हो ।

बिज्ञापन

जसपा संग भएको सहमतिसँगै मुख्यमन्त्री पोखरेलले अहिले दिउसो ४ बजे जसपाका तीन जना मन्त्री र एक राज्यमन्त्री नियुक्त गरी शपथ गराउनु हुने भएको छ ।

मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अबिश्वास प्रस्ताव दर्ता गरेको केहि समय नबित्दै जनता समाजवादी पार्टीका सांसदहरु पोखरेल नेतृत्वकै सरकारमा सहभागी हुने निर्णयमा पुग्नुभएको हो ।

माओवादी केन्द्रका दुइजना मन्त्रीले राजिनामा दिएपछि खाली भएका आन्तरिक मामिला तथा कानुन मन्त्रालय र सामाजिक बिकास मन्त्रालय संगै अन्य दुई मन्त्रालयमा नयाँ मन्त्री नियुक्ति गर्न लाग्नुभएको हो । लुम्विनी प्रदेश सरकारले सामाजिक बिकास मन्त्रालय बिभाजन गरेर अरु २ मन्त्रालय बनाउने तयारी भैरहेको छ ।

नवनियुक्त मन्त्रीहरुको अहिले ४ बजे शपथ ग्रहण गराउने तयारी अघि बढेको मुख्यमन्त्री पोखरेलका प्रेस सल्लाहकार शेरबहादुर केसीले अन्लाईन सञ्चार माध्यमलाई जानकारी दिनुभयो । स्रोतका अनुसार अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका जसपाका सांसद बिजय यादव सन्तोष पाण्डे र कल्पना पाण्डे र सुमन रायमाझी मन्त्री बन्ने टुंगो लागि सकेको छ ।

बिज्ञापन

Leave a Reply