अनौठोटीकापुर

विद्यालय व्यवस्थापन समितिको बैठकमा कुटाकुट अध्यक्ष र सदस्य घाइते.

बिज्ञापन

कैलाली टीकापुर नगरपालिका वडा नम्बर १ ब्लक नम्बर ९ स्थित नवदुर्गा आधारभुत विद्यालयमा व्यवस्थापन समितिको बैठकमा कुटाकुट भएको छ । कुटाकुट हुँदा अध्यक्ष ध्रुव खत्री र सदस्य देवबहादुर साउद घाइते भएका छ्न । शुक्रबार विद्यालय व्यवस्थापन समितिको बैठकमा अध्यक्ष ध्रुव खत्री र सदस्य देवबहादुर साउदबीच विवाद भई हात हालाहालको अवस्था आएको थियो । बैठकमा भएको झडप विद्यालयका प्रधानाध्यापक र अन्य सदस्यहरुले रोकेका थिए ।

बिज्ञापन

बैठकमा विवादपछि अध्यक्ष ध्रुव खत्रीले स्थानीय भूपेन्द्र साउँद लगायतका व्यक्तिहरुलाई बोलाएका थिए । साउदको समूह विद्यालयमा पुगेपछि अध्यक्ष खत्रीले सदस्य देबबहादुर साउदसँग बैठकभित्र भएको विवादलाई पुनः झडपका लागि उत्तेजित बनाउनु भएको थियो । विद्यालयको प्राङ्गणमा अध्यक्ष खत्री र सदस्य साउँद फेरि आमनेसामने भएका बेला पुगेको भूपेन्द्र साउदको समूहले सदस्य देवबहादुर साउँदमाथि आक्रमण गरेको थियो ।

विद्यालयका अध्यक्ष र सदस्य दुबै घाइते भएपछि हातपातमा उत्रेका व्यवस्थापन समितिका सदस्य देवबहादुर साउद र अध्यक्षले बोलाएका कारण विद्यालयमा पुगेर आक्रमणमा उत्रिएका भुपेन्द्र साउद लाई प्रहरीले नियन्त्रणमा लिएर अर्कोदिन दुवै पक्षाले आआफ्ना गल्ति स्वीकार गरेपछि आइन्दा यसो नगर्ने भन्ने शर्त गराई सम्झाइ बुझाइ छोडेको इलाका प्रहरी कार्यालयले जनाएको छ ।

झडपमा उत्रिएका दुवै पक्षका आआफ्नै तर्क छन् ।
आइटीका सामान खरिदका बिषयलाई लिएर बैठकमा विवाद हुँदा सदस्यले आफुमाथि हातपात गरेको अध्यक्ष खत्रीको भनाइ रहेको छ भने विज्ञान बिषयको शिक्षकको लामो समयसम्म नियुक्त नभएका कारण विद्यार्थीको पढाइ बर्बाद हुन लागेको बिषयलाई लिएर विवाद भएको सदस्य साउदको भनाइ रहेको छ। सदस्य देवबहादुर साउदका अनुसार बैठकमा विवाद भएर स्थगित भैसकेपछि आफुलाइ बाहिरी ब्याक्तिलाई बोलाएर कुटपिट गराएको भन्ने छ भने अध्यक्ष खत्रीका अनुसार आफुमाथी पहिले दुर्व्यवहार गरेपछि आफुले आफ्ना समर्थक र प्रहरीलाई खबर गरेको भनाइ छ । विवादपछि घटनास्थल पुगेका भुपेन्द्र साउद अनुसार आफूलाई विवादबारे केही थाहा नभएको र पार्टीको बारेमा केही कुराकानी गर्ने समय राखेकोले अध्यक्ष ध्रुव खत्रीले आफुलाइ स्कुलमा बोलाएको आफू त्यहाँ पुगेपछि अध्यक्ष कुटिएको देखेपछि छुट्याउन खोजेको र सदस्य देवबहादुर साउदलाई एक पटक हानेको स्वीकार गरे । विद्यालयका अध्यक्ष खत्री नेकपा एमालेका टीकापुर नगर अध्यक्ष हुन भने भूपेन्द्र साउद पार्टीका वडा अध्यक्ष हुन् ।

शिक्षा नियमावली अनुसार अभिभावकको भेलाबाट खत्री अध्यक्ष चुनिएका हुन् तर पछिल्लो समय प्रधानाध्यापक र अध्यक्षबीच असमझदारी रहेको अभिभावकहरु बताउछन् ।
लामो समय बैठक नबस्ने बैठक बसीहाले व्यवस्थापन समितिका पदाधिकारीबीच सहमति नहुने विद्यालयका कागजातमा हस्ताक्षर गर्न अध्यक्षको घरमा धाउनु पर्ने कागजात घरै पुर्याउदा पनि समयमा हस्ताक्षर नगर्ने जस्ता समस्याले विद्यालयको काममा वाधा पर्ने र त्यसको असर शिक्षक र विद्यार्थीमा पर्ने गरेको बताइन्छ ।

विज्ञान बिषयकी शिक्षिका भगवती भट्टराईको नियुक्तिलाई लिएर विवाद बनाएपछि शिक्षिकाले जेठ ३ गते राजीनामा दिएपछि रिक्त विज्ञान बिषय शिक्षक भर्नाको विज्ञापन गरेको भएपनि विवादका कारण फेरि बन्द गर्न लगाइएको थियो ।
यो बिषयमा टीकापुर नगर शिक्षा वि.नि नरेश अवस्थी संग कुरा बुझ्दा शिक्षक नियुक्ति सन्दर्भमा नगर शिक्षा शाखाले नियुक्तिको अनुमति दिसकेको हाललाई बिद्यालयले बिषय परिवर्तन गरेर अङ्ग्रेजी शिक्षक माग गरेको र निर्वाचनको मिति नजिक आइरहेकोले २० गते पछि आचार सहितालाग्ने भएकोले विज्ञापन गरेर नियुक्ति गर्नुपर्ने बताए । विद्यालय वयवस्थापन समितिको आन्तरिक विवाद रहेकाकारण त्यो हुन नसकेको र अहिले नगरपालिकामा शिक्षा समिति पनि नबनिसकेकोले आफू हरुले उक्त बिषयमा छलफल गर्ने वातावरण नरहेको बताए

बालबालिकाले ज्ञान आर्जन गर्ने र भविष्यका कर्णधार उत्पादन गर्ने विद्यालयमा क्षेत्रमा झडप, राजनीतिकरण भइ विवादको अखाडा बनेकोमा स्थानीयले चिन्ता ब्यक्त गरेका छ्न ।
विद्यालयलाई आवश्यक पर्ने विषयगत शिक्षक भर्ना गरी शान्त वातावरणमा पढाइ हुनुपर्ने सबैले आआफ्नो जिम्म्वारी अनुसार काम गर्नु पर्नेमा एक अर्कालाई असहयोग गर्ने र झडपको स्थिति ल्याउनु दुखदायी भएको विद्यालयका शिक्षकहरुको भनाई छ ।

बिज्ञापन