राजनीति

ओलीले पश्चाताप नगर्दासम्म वामपन्थी गठबन्धनको सम्भावना छैन–प्रचण्ड

बिज्ञापन

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केपी ओलीले पश्चाताप नगर्दासम्म वामपन्थी तालमेलको सम्भावना नरहेको बताएका छन् ।

बिज्ञापन

मंसिरमा हुने चुनावमा अहिलेकै सत्ता गठबन्धन कायम रहने उनको भनाइ छ ।

नेकपा (माओवादी केन्द्र)को उपत्यका विशेष कमिटीले आयोजना गरेको कार्यक्रमलाई सोमवार सम्बोधन गर्दै प्रचण्डले ओलीको नाम नलिई प्रतिगमनकारीले पश्चाताप नगर्दासम्म वाम तालमेल नहुने बताएका हुन् ।

कांग्रेसले सम्मानजनक व्यवहार नदेखाए वामपन्थी गठबन्धन बन्ने चेतावनी प्रचण्डले आइतवार दिएका थिए। 

‘अहिलेको सत्ता गठबन्धन ऐतिहासिक आवश्यकताको कालखण्डमा बनेको हो । अहिले फेरि वाम गठबन्धन बन्ने हो कि भन्ने खालका हल्ला हुने गरेका छन्,’ प्रचण्डले भने, ‘जबसम्म प्रतिगमनकारी परास्त हुँदैनन्, पश्चातापमा आउँदैनन्, तबसम्म यो गठबन्धनको आवश्यकता रहन्छ । यसैको आधारमा प्रतिगमनको आधारलाई पराजित गर्ने हो ।’

प्रचण्डले वाम तालमेल मात्र नभई पार्टी नै एकता गरेर परीक्षण भइसकेको बताए ।

‘पार्टी एकता गर्‍यौं । तर तीन वर्ष पुग्दानपुग्दै यति धेरै बेइमानी, षडयन्त्र र छलकपट भयो । त्यो प्रवृत्तिका अगाडि हामीले आत्मसमर्पण गरेनौं,’ प्रचण्डले भने, ‘१९ पेज लामो प्रतिवेदनमार्फत हेडक्वार्टरमा बम बर्साएको हो । त्यो राजनीतिक बम जस्तै थियो ।’ 

बिज्ञापन