June 3, 2023

मालिका समाचार

देशकाे ऐना

थपिए ३ हजार ५१७ जना कोरोना संक्रमित ,१६ जनाको मृत्यु


कार्तिक ,१४
नेपालमा थप ३ हजार ५१७ कोरोना संक्रमित थपिएका छन । पछिल्लो २४ घण्टामा थप ३हजार ५१७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

विज्ञापन
Tikapur sana shari khanepani tatha sarsafai sansta

प्रवक्त डा. जागेश्रर गौतमका अनुसार नयाँ थपिएका कोरोना संक्रमितसगै नेपालमा कोरोना संक्रमितको सङ्ख्या एक लाख ६८ हजार २३७ पुगेको छ।


यो सगै नेपालमा हालसम्म कोरोना निको हुनेको संख्या एक लाख २८ हजार ९ सय ५८ पुगेको मन्त्रालयले जनाएको छ।

विज्ञापन

पछिल्लो २४ घण्टामा नेपालमा थप १६ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको मन्त्रालयले जनाएको छ ।
योसंगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ९२० रहेको छ ।


पछिल्लो २४ घण्टाको अवधिमा कोरोनाबाट ४ हजार ९६ जना संक्रमित मुक्त भएका छ्न । पछिल्लो २४ घण्टामा १४ हजार ९ सय ८९ पीसीआर परिक्षण भएको मन्त्रालयले जनाएको छ।