काठमाडौ । पेट्रोलियम पदार्थ खरिद सम्झौता नवीकरण गर्न नेपाल र भारतका अधिकारीहरु बीचको तीन दिने वार्ता काठमाडौंमा सुरु भएको छ ।
विज्ञापन

नेपाल आयल निगम र भारतीय आयल कर्पोरेसन (आईओसी) का अधिकारी सम्मिलित वार्ता बिहीबारसम्म चल्ने निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए ।
हरेक पाँच–पाँच वर्षमा नवीकरण हुने इन्धन खरिद सम्झौता यसअघि १ अप्रिल २०१७ मा नवीकरण भएको थियो । बैठकमा इन्धन खरिद सम्झौताको समीक्षा र भावी योजनाबारे छलफल हुने उपाध्यायले बताए ।
विज्ञापन

पेट्रोलियम आपूर्ति बिन्दु र यसबाट भएका फाइदा तथा बेफाइदा, मूल्य निर्धारण प्रणाली र प्राविधिक सेवा सुविधा साटासाटबारे वार्ता केन्द्रित हुनेछ ।
अन्य समाचारहरु
भारतबाट बढेर आयो पेट्रोलियम पदार्थको मूल्य, के मा कति बढ्याे ?
सुनचाँदीको मूल्य बढ्यो, कति पुग्यो ?
सामाजिक सुरक्षामा १२ खर्ब ८० अर्ब २५ करोड बजेट