राजनीति

चुनावबारे विप्लवको पार्टीमा विवाद

बिज्ञापन

कपिलवस्तु । बैसाख ३० गतेका लागि तोकिएको स्थानीय तहको निर्वाचनलाई उपयोग गर्ने कि बहिष्कार गर्ने भन्ने विषयमा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा विवाद भएको छ ।

बिज्ञापन

आसन्न स्थानीय तहको चुनावलाई उपयोग गर्ने–नगर्नेबारे विप्लव नेकपाका नेताहरुबी मत विभाजन भएको छ । कपिलवस्तुमा जारी पार्टीको केन्द्रीय कमिटी बैठकमा महासचिव चन्दले चुनाव उपयोग गरेर जानु पर्ने राजनीतिक प्रतिवेदन पेस गरेपछि विवाद भएको हो ।
चन्दको प्रतिवेदनमाथि वरिष्ठ नेता हेमन्तप्रकाश ओली र धर्मेन्द्र बाँस्तोलाले फरक मत राखेको एक केन्द्रीय सदस्यले जानकारी दिए । चुनावलाई उपयोग गर्नु पार्टी संसदीय प्रणालीलाई यही अवस्थामा स्वीकार गर्नु रहेको भन्दै उनीहरूले जनसंघर्षमा जोड दिएका ती केन्द्रीय सदस्यले जानकारी दिए ।

पार्टीको केन्द्रीय सचिवालयका पाँच जनामध्ये नेत्रविक्रम चन्द ‘विप्लव’, खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ र सन्तोष बुढाले चुनावलाई उपयोग गरी जनपक्षीय काम गर्न सकिने तर्क गरेका छन् । मंगलबारसम्म ६८ केन्द्रीय सदस्यले राजनीतिक प्रतिवेदनमाथि आ–आफ्नो धारणा राखे पनि करिब ३० जनाले चुनाव बहिष्कारको नीति लिनुपर्नेमा जोड दिएका छन् । ‘संसदीय भासमा गए पार्टी बिग्रिन्छ भन्ने नेताहरूको बहुमत छ,’ ती केन्द्रीय सदस्यले भने ।

बिज्ञापन