राजनीति

देश बनाउन लिएको अग्रसरतालाई अझ द्रुतगतिमा अघि बढाउन चाहन्छौं : केपी ओली

बिज्ञापन

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी देशभक्तिपूर्ण, लोकतान्त्रिक, परिवर्तनकारी, विकासमुखी र समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा पूरा गर्ने अभियानमा अग्रसर रहेको बताउनु भएको छ ।

बिज्ञापन

शेर्पा समुदायको प्रमुख चाड ग्याल्पो ल्होसारका अवसरमा शुभकामना दिनुहुँदै पूर्वप्रधानमन्त्री समेत रहनुभएका एमाले अध्यक्ष ओलीले लोकतन्त्रलाई राजनीतिक अधिकारको संकुचित परिभाषाबाट माथि उठाउँदै जनताका आवश्यकता र अधिकार परिपूर्तिको जीवनमूल्य समेटिएको परिपूर्ण र आचरणसिद्ध लोकतन्त्रका रूपमा व्यवहारमा अनूदित गर्न चाहेका उल्लेख गर्नुभएको छ ।

एमाले जनताको जीवनमा परिवर्तन ल्याउन देशलाई सुशासनयुक्त, पछौटेपनमुक्त, गरिबीरहित, सुशिक्षित, आधुनिक, समृद्ध र सुविधासम्पन्न बनाउन आफूले लिएको अग्रसरतालाई अझ असाधारण र द्रुतगतिमा अघि बढाउन चाहेको उहाँले बताउनुभयो । उहाँले समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षालाई पूरा गर्न आ–आफ्नो ठाउँबाट योगदान गर्न सबैलाई आग्रह गर्नुभएको छ ।

बिज्ञापन