
सल्यान । नेपाली कांग्रेसले चैत्र महिनाभित्रै स्थानीय तहको उम्मेदवारी टुंग्याउने भएको छ । नेपाली कांग्रेस पार्टीका प्रवक्ता डा.प्रकाशशरण महतले आगामी स्थानीय निर्वाचनमा पार्टीका तर्फबाट उठ्ने उम्मेद्वारहरुको टुंगो चैत्र महिनाभित्रै लगाइसक्ने बताएका हुन् ।
आइतबार नेपाल प्रेस युनियन सल्यानले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले विधानले नै पार्टीका तर्फबाट विभिन्न तहका निर्वाचनमा उठाइने उम्मेदवारहरूको टुंगो लगाउन केन्द्र, प्रदेश, जिल्ला र पालिका तहमा संसदीय समितिको व्यवस्था गरेको बताउदै आगामी स्थानीय निर्वाचनमा पार्टीका तर्फबाट उठाइने उम्मेदवारहरूको टुंगो सोही अनुसार लगाइने बताए ।

‘यसपटक विगतमा भए जस्तो उम्मेदवारी दिने अन्तिम दिनसम्म को उठ्ने हो भन्ने टुंगो नलाग्ने स्थिति रहने छैन । निर्णय गर्ने प्रकृया पनि विभिन्न तहमा विकेन्द्रीकृत छ । चैत्र महिनाभित्रै उम्मेदवारको टुंगो लगाउने कोशिस गछौं’, प्रवक्ता महतले भने ।
अन्य समाचारहरु
मन्त्रीको नाम टुंगो लगाउन कांग्रेस बैठक बस्दै
बैतडीका ३ वटै क्याम्पसमा नेविसंघका उम्मेदवार विजयी
जसपाको विधान अधिवेशन व्यवस्थापन समितिको बैठक बस्दै