घटना समाचारप्रवाससहयोग तथा उदार

भारतीय युवाद्वारा मुम्बईमा नेपाली चेली बलात्कृत ६ युवती अझै बन्दक रहेको खुलासा

बिज्ञापन

पूर्ण कुमाल ,मुम्बई २९ भदौ।भारतीय युवाद्वारा नेपाली चेली बलत्कृत भएकी छन्

बिज्ञापन

भारतको गुजरात राज्यको मुजराबाट मुम्बई नजिक ठाणा जिल्लाको नालासोपारामा बेबी सेटिङमा काम दिलाइदिने प्रलोभनमापारि बब्ली भनिने नेपाली महिलाले नेपालको कञ्चनपुर जिल्ला घरभई भारतको गुजरातमा कामगर्दै आएकी नेपाली महिला सिमा सिंह (नामपरिवर्तन ) लाई मुम्बई बोलाएकी थिइन केहिदिन पछि उनलाई बेबी सेटिङमा काम नलगाई एउटा बन्द कोठामा राखिएको थियो हिजो राति उनलाई जबर्जस्ति कलगर्लमा पठाउन खोज्दा उनले नमानेपछि त्यसै ठाउँमा कलगर्लमा काम लगाउने शबिर शेख नाम गरेका युवाले दिनभरि कुटपिट गरि बलात्कार गरेको युवतीले बताइन् ।

ती युवतीले आफू बलात्कृत भएको र एउटा बन्द कोठामा राखी मानसिक तथा शरीर यातना दिइ रहेकोले आफुलाई उदारगरि बचाइदिन भनी सामाजिक संजाल फेसबुकमार्फत सन्देश पठाएपछी उनको सन्देश भाइरल हुनपुगेको थियो ।

कलगर्ल”काममा संगलघ्न शबिर भनिने आरोपित

जुनकुरा दिल्ली स्थित नेपाली दूतावासले थाहापाएपछि मुम्बई लगायत आसपासका जिल्लाका प्रहरी प्रमुखलाई जानकारी गराएपछि प्रहरीले पनि तुरुन्त आफ्नो खोजि कार्यलाई अगाडि बढाउँदा हिजो राती मात्र मुम्बई प्रहरीले ती युवतीको उद्दार गर्न सफल भएको थियो भने बलात्कार गर्ने शबिर शेखलाई भारतीय समय अनुसार रातीको ३बजेर १५ मिनेटमा पक्राउ गर्न सफल भएको कुरा नेपाली जनसम्पर्क समिति भारतका केन्द्रिय सदस्य एम.बि बोहराले मालिका समाचारलाई बताए ।

अहिले ती युवतीको स्वास्थ परिक्षण गरेर मुम्बई प्रहरीले आफ्नो संरक्षणमा लिएको छभने आरोपित युवालाई प्रहरी हिरासतमा राखेर भारतीय कानुनको धारा ३७६ अनुसार केशलाई अगाडि बढाएको छ।
अझै त्यसठाउँमा ६ जना युवती बन्धक बनाएर राखिएको कुरा उक्त पीडित युवतीले खुलासा गरेकि छिन्
उनलाई काममा लगाइदिने भनी प्रलोभनमा पार्ने बब्ली भनिने नेपाली महिला भने फरार रहेको र तिनको तीब्ररुपमा खोजतलास भैरहेको मुम्बई प्रहरीले मालिका समाचारलाई बताएको छ।

बिज्ञापन