प्रवास

मुम्बईको तलोजामा नेपाली क्रिकेट सम्पन्न

बिज्ञापन

मुम्बई, १८ फेब्रुवरी । मुम्बईको तलोजामा नेपाली क्रिकेट सम्मपन्न भएको छ । १८ फेबु्रवरीका दिन मुम्बईको तलोजा न्यु मुम्बईमा नेपाली विश्वकर्मा समाज रजि. मुम्बईद्वारा नेपाली युवाहरुलाई खेलप्रति प्रोत्साहन दिनाको लागि भव्य क्रीकेट टुर्नामेन्टको आयोजना गरियो । उपरोक्त संस्थाका पदाधिकारी महासचिव मोतीराम सिंह बर्बिजे, उपाध्यक्ष सर्जनसिंह, उपाध्यक्ष भिमसिंह बाइवाडी, उपाध्यक्ष सुरेश सिंह विश्वकर्मा, खगेन्द्र कामी, खेलमन्त्री एवं संस्थापक अध्यक्ष इन्द्र बहादुर सिंह विश्वकर्माको सहभागितामा सम्पन्न भएको थियो ।

बिज्ञापन


यस क्रीकेट टुर्नामेन्टलाई सिंह एस्टेट ऐजन्सी एवं प्रापर्टी ओप्सनका मालिक गोविन्द सिंहले सहयोग गरका थिए । क्रीकेट आयोजनामा विशेष सहयोग राजेश भुलको रहेको थियो । क्रीकेट टुर्नामेन्टमा १६ टिमको सहभागिता थियो ।

१– के.वाइ.सी.सी.
२– भारत ज्ञज्ञ
३– मनकामना
४– गोर्खा युनाइटेड
५– शिवगर्जना
६– डी.एस ज्ञद्द
७– कलम्बोली पनवेल
८– सिल्वर स्टार
९– सि.सि.सि.
१०– ओल्यानी फाइटर सुरत
११– गोर्खा ज्ञज्ञ
१२– जुन तारा
१३– आर.सी.सी.पनवेल
१४– इगल ज्ञज्ञ
१५– कल.पनवेल
१६– के. एम.


विभिन्न संघ–संस्थाबाट सम्माननिय अतिथीको उपस्थिति रहेको थियो जसमा प्रमुख अतिथी डा.मुकेश विश्वकर्मा, काठमाडौ बाट विशिष्ट अतिथि गोपाल सिंह विश्वकर्मा, प्रधानाध्यापक कालिका प्रा.वि.कैलाली कमल सिंह, अध्यक्ष नेपाली संस्कृति परिषद महाराष्ट, पदम भुल, अध्यक्ष भुल एकता समाज रजि. मुम्बई, ललित भुल महासचिव भुल एकता समाज रजि. मुम्बई, कम्मानसिंह शिवसेना नेता थाना मुम्बई, शेरबहादुर, अध्यक्ष हरि ओम नेपाली एकता समाज रजि. मुम्बई, गोपालसिंह परियार , समाजसेवी सुरत गुजरात, गोविन्द सिंह विश्वकर्मा , युवा मोर्चा महासचिव बि जे पी शिवडी विधानसभा, श्री कृष्ण रावत अध्यक्ष, खल नेपाली एकता मन्च महाराष्ट्र राज्य,लोकेश बि. क अध्यक्ष अखिल नेपाली एकता मन्च रायगड जिल्ला करण सुनार राज्य सदस्य, अखिल नेपाली एकता मंच , लालसिंग देवकर ज्यु संस्थापक हरि ओम नेपाली एकता मंच, जगतसिंह ज्यु समाज सेवक , वाल्मीकि प्रसाद विश्व हिन्दु परिषद पदाधिकारी तलोजा, संजीवकुमार पाण्डे विश्व हिन्दु परिषद पदाधिकारी ज्ञट– श्री बिपीन मोदी ज्यु विश्वहिन्दु परिषद, उमेश केणी समाज सेवक तलोजाएवं नेपाली विश्वकर्मा समाज रजि. मुम्बईका युवा सदस्य झपट सिंह, सिधार्थ सिंह, भूषण सिंह, हरेन्द्र ओड, तपेन्द्रदास सहित थुप्रै युवाहरूले योगदान थिए ।
खेलाडी एवं टुर्नामेन्टमा उपस्थित महानुभावहरुलाइ भोजनको व्यवस्था पनि थियो ।


क्रीकेट टुर्नामेटमा ओल्यानी फाइटर सुरत (श्रीगणेश बडेला) को टिमले प्रथम पुरस्कार (रुपैयाँ २५०००÷– एवं आकर्षक शिल्ड द्वितीय पुरस्कारगोर्खा युनाइटेड सन्तोष कुवर (रुपैयाँ १६०००)÷– एवं आकर्षक शिल्ड बेस्ट बेट्समेन नरेन्द्र बोहरा (एम एन सी ११), बेस्ट बोलर श्री अर्जुन पार्की ( ओल्यानी फाइटर सुरत), मेन ओफ दी सिरिज नरेन्द्र बोहरा (एम एन सी) रहेका थिए ।

बिज्ञापन