प्रवास

प्रनेसंघ भारत कल्याण-डोम्बिवली नगर समितिको तेस्रो नगर सम्मेलनको घोषणा सभा तथा सांस्कृतिक कार्यक्रम सम्पन्न।

बिज्ञापन

प्रवासी नेपाली संघ भारत महाराष्ट्र राज्य समिति अन्तर्गत पर्ने कल्याण-डोम्बिवली नगर समितिको तेस्रो नगर सम्मेलन घोषणा सभा तथा सांस्कृतिक कार्यक्रम डोम्बिवली स्थित आनन्द सभाहल गान्धीनगरमा भव्य रुपमा सम्पन्न भएको छ।

बिज्ञापन

कल्याण-डोम्बिवली नगर समितिका संयोजक मान बहादुर कार्की को अध्यक्षतामा भएको कार्यक्रमको संचालन इन्द्र कार्की ले गरेका थिए भने स्वागत मन्तव्य उपसंयोजक एकेन्द्र कार्की ले गरे ।

उक्त घोषणा सभाका प्रमुख अतिथी प्रवासी नेपाली संघ भारत केन्द्रीय सचिवालय सदस्य तथा महाराष्ट्र राज्य इन्चार्ज भिम खड्का रहेका थिए भने विशिष्ट अतिथि प्रवासी नेपाली संघ भारत केन्द्रीय सचिवालय सदस्य तथा गुजरात राज्य इन्चार्ज टेक रावल भीजन थिए।

त्यस्तै अन्य अतिथिहरु, प्रवासी नेपाली संघ भारत केन्द्रीय सदस्य तथा महाराष्ट्र राज्य समिति प्रचार प्रसार विभाग मनिटर महेन्द्र शाही ( एमपी ), प्रवासी नेपाली संघ भारत महाराष्ट्र राज्य समितिका अध्यक्ष जनक खड्का, प्रवासी नेपाली संघ भारत केन्द्रीय सांस्कृतिक विभाग सचिव लोकेश बडुवाल,प्रवासी नेपाली संघ भारत महाराष्ट्र राज्य सचिवालय सदस्य तथा प्रचार प्रसार बिभाग प्रमुख पदम कार्की,संघकै महाराष्ट्र राज्य सचिवालय सदस्य रण वहादुर शाही, महाराष्ट्र राज्य सदस्य तथा प्रचार प्रसार बिभाग सचिव अमर बहादुर चन्द, महाराष्ट्र राज्य सदस्य इन्द्र कार्की, महाराष्ट्र राज्य सदस्य बुद्ध मल्ल, महाराष्ट्र राज्य सदस्य मोहन मल्ल, महाराष्ट्र राज्य सदस्य सहदेव आउजी, नेपाली जनसंपर्क समिती भारतका केन्द्रीय खेलकुद बिभाग सचिव गोविन्द थापा, अखिल भारत नेपाली एकता मञ्चका केन्द्रीय सदस्य टेकराज गिरी, राष्ट्रिय स्वतन्त्र पार्टी निकट महाराष्ट्र राज्य सम्पर्क विभागका सभापति राज रोकाया,दैलेख जिल्ला नेकपा एमाले आठबिस नगर पालिका वडा न: ४ का वडा सचिव हरि माझी,आठबिस नगर कार्यपालीका दैलेख कि पूर्व सदस्य जाैकला बिक,मालिका टेलिभिजन कि प्रस्तोता ललिता मालती, पत्रकार निसल बिक, कालीकोट खबरका पत्रकार शुवास शाही, प्रनेसंघ भारत महाराष्ट्र राज्य सांस्कृतिक विभाग सदस्यहरु क्रमशः कुसुम भट्ट, शारदा कार्की र गायत्री पुरी लगायत अन्य महिलाको जोडदार उपस्थिति रहेको थियो।
घोषणा सभा लाई सम्बोधन गर्दै प्रमुख अतिथि भीम खड्का ले विचार र दृस्ठिकोणका हिसाबले हाम्रो गौरवशाली संगठन भारत प्रवासमा सबै भन्दा अग्रस्थानमा रहेको बताउदै यसलाई युग सापेक्ष हिसाबले संचालन गर्दै निरन्तर अगाडी बढाउन सक्रियताका साथ लाग्नु पर्ने कुरामा जोड दिदै संगठनको विकास र विस्तारमा निरन्तर सक्रिय हुन कार्यकर्ता लाई अनुरोध गर्दै नवनिर्वाचित समिति लाई हार्दिक बधाई ज्ञापन गरे।

त्यस्तै विशिष्ट अतिथि टेक रावल भीजन ले प्रवासी नेपाली आन्दोलनको उपलब्धि,संगठनको वर्तमान अवस्था,कार्य र भूमिका बारेमा आफ्नो धारणा राख्दै आम प्रवासी नेपालीका समस्या उजागर गर्दै समाधान गर्ने र प्रवासी नेपाली संघ भारत लाई थप उचाईमा पुऱ्याउने फराकिलो लक्ष्यका साथ निरन्तर अगाडी बढेको कुरा जानकारी गराउदै हरेक प्रवासी नेपालीले प्रवासी नेपाली संघ भारतको झण्डा मुनी आबद्ध हुन जोडदार आग्रह गरे।

अतिथि महेन्द्र शाही ( एमपी ) ले छोटो समयमा तेस्रो नगर सम्मेलन सम्पन्न गर्ने आयोजक टिम लाई विशेष धन्यवाद दिदै आगामी दिनमा अझै सक्रिय हुन आव्हान गरे। त्यस्तै देशको समसामयिक राजनीतिक अवस्था र व्यवस्था प्रति निकै आक्रोश हुँदै नेपालका प्रदेशहरु भष्टचारका अखाडा भएका छन जब सम्म प्रदेश खारेज हुदैन तब सम्म देशको विकास नहुने धारणा राखेका थिए।

संघकै महाराष्ट्र राज्य अध्यक्ष जनक खड्का ले महाराष्ट्र राज्यले गरेका कार्यहरूका बारेमा प्रष्ट पार्दै, यो राज्य अन्तर्गतका नगर समिति लाई नमुना नगर बनाउन निर्देश गर्दै नगर समितिको कार्यमा सहयोगका लागि आफू जुनसुकै समयमा पनि उपस्थिति रहने दृढता प्रकट गरे। कार्यक्रमको बिचबिचमा सांस्कृतिक कला अन्तर्गत नृत्य र देउडा गितहरु प्रस्तुत गर्दै विषेश आकर्षक हुड्केउली नृत्य रहेको थियो।
त्यस्तै संघका महाराष्ट्र राज्य इन्द्र कार्की ले नगर समितिको नवनिर्वाचित नामावली घोषणा गरे संगै प्रमुख अतिथि भीम खड्का ले पद तथा गोपनियताको सपथ गराए भने विशिष्ट अतिथि र अतिथिहरु ले अविर लगाएर बधाई दिए।

तेस्रो नगर सम्मेलनको घोषणा बाट प्रगतिशील, देशभक्त तथा जनवादी प्रवासीहरुको लोकप्रिय, सशक्त, गतिशील र प्रभावसाली संगठन प्रवासी नेपाली संघ भारत कल्याण-डोम्बिवली नगर समितिले एक पटक फेरि उज्यालो नयाँ विहानी ल्याउने जमर्को गरेको छ।

प्रवासी नेपाली संघ भारत महाराष्ट्र राज्य समिति अन्तर्गत पर्ने कल्याण-डोम्बिवली नगर समितिको तेस्रो नगर सम्मेलन बाट सर्वसम्मत निर्वाचित गगन कार्की अध्यक्ष रहने गरि २९ सदस्यीय नगर समिति घोषणा भएको छ।

उपाध्यक्ष नर पुरी,सचिव बिनोद जैशी,उपसचिव सिता कार्की बोहोरा,उपसचिव कपिल बि क, आर्थिक बिभाग प्रमुख एकेन्द कार्की, सदस्यहरु क्रमशः धिरज कार्की,भरत बडुवाल,बलसिङ कार्की,धनराज बिष्ट,शिवराज जैसी, छत्र खड्का,रमेश कार्की,बिमला कार्की,गंगा खड्का,दिर्घ बडुवाल,जनक बिक,मिना कार्की, नगेन्द्र कार्की,नगेन्द्र खड्का,लोकेश बिक,जनक कार्की, अनु हमाल,नन्दा थापा,सर्जन भण्डारी,मदन कार्की,तिलक बडुवाल, सर्जन बडुवाल,दिपेन्द्र कार्की रहेका छ्न।

पदम कार्की प्रमुख सल्लाहकार रहने गरी ५ जना सल्लाहकार समिति निर्वाचित भएको छ। सदस्यहरु क्रमशः मान बहादुर कार्की ,अर्जुन बडुवाल, गायत्री पुरी र सारदा कार्की रहेका छ्न।

बिज्ञापन