Sudur Pradesh News

गोदावरीकी एक महिला पाँच दिनदेखि सम्पर्कविहिन

बिज्ञापन

धनगढीः कैलालीको गोदावरीकी एक विवाहित महिला पाँच दिनदेखि सम्पर्कविहिन भएकी छन्।

बिज्ञापन

गोदावरी नगरपालिका–५ वरबट्टाकी सुनीता परियार फागुन ९ गतेदेखि सम्पर्कविहिन भएकी हुन्। उनको खोजीका लागि प्रहरीमा खवर गरे पनि फेला नपारेको उनका श्रीमान गणेश परियारले बताए।

सुनीताका ससुरा विनोद परियारले राति ९ बजे शौचालय जान्छु भनेर बाहिर निस्केकी बुहारी अहिलेसम्म पनि घरमा नआएको बताए। उनले बुहारीको खोजी गर्न रातभरि गाउँमा खोजे पनि कतै नभेटेको बताए। भारतमा रहेका सुनीताका श्रीमान भने उनी हराएपछि घर आएको विनोदले बताए। सुनिताका ४ छोराछोरी छन्।

बिज्ञापन