घटना समाचार

सितापाइला हत्याकान्ड- बलात्कारपीडित थिइन् ईश्वरी, ९ दिनअघि मात्र छुटेका थिए आरोपी

बिज्ञापन

काठमाडौं । सितापाइलामा बुधबार बिहान भएको सामूहिक हत्याकान्डकी मृतक ईश्वरी श्रेष्ठ बलात्कारपीडित भएको खुलेको छ । उनलाई बलात्कार गर्ने आरोप लागेका व्यक्ति फागुन १ गतेमात्र धरौटीमा छुटेका थिए ।

बिज्ञापन

बुधबार बिहान ३९ वर्षीय ईश्वरी, उनकी ८ वर्षीया छोरी अनिषा र २ वर्षीया नातिनी सिवानी हत्या गरिएको अवस्थामा भेटिएका थिए । ईश्वरीका श्रीमान् राजु घिमिरे भने नजिकैको नागार्जुन जंगलमा झुन्डिएको अवस्थामा फेला परेका थिए ।

प्रहरीका अनुसार घिमिरेले तीनजनाको हत्या गरेपछि ससुरालीमा फोन गर्दै आफूले हत्या गरेको र मर्न लागेको जानकारी दिएका थिए। त्यसपछि खोज्दै जानेक्रममा हत्या भएको स्थानभन्दा करिब ३ किलोमिटर दुरीमा रहेको जङ्गलको रुखमा उनी झुन्डिएको अवस्थामा फेला परेका थिए ।

ईश्वरीमाथि बलात्कार गरेको आरोप लागेका ५१ वर्षीय पुरुषलाई अदालतले ५ लाख रूपैयाँ धरौटी लिएर छाड्ने आदेश गरेको बुझिएको छ ।

प्रहरीका अनुसार बलात्कार भएको भनिएको करिब २ महिनापछि प्रहरीमा जाहेरी परेको थियो। जाहेरीपछि स्वयम्भु प्रहरी वृत्तले आरोपीलाई पक्राउ गरी अनुसन्धान अगाडि बढाएको थियो।

बिज्ञापन