खेलकुद

नेपाली सेनाका खेलाडीले जिते ३३ पदक, स्वर्ण मात्रै १०

बिज्ञापन

काठमाडौ । नेपाली सेना त्रिभुवन आर्मी क्लबका खेलाडीहरूले विभिन्न स्थानमा सञ्चालन भएका प्रतियोगितामा ३३ पदक जित्न सफल भएका छन् ।
उनीहरूले स्वर्ण पदक–१०, रजत पदक–१२ र कांस्य पदक–११ वटा जितेका हुन् ।
ललितपुरमा भएको प्रथम कृष्णप्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते प्रतियोगितामा सेनाका खेलाडीहरूले स्वर्ण पदक ४, रजत ५ र कांस्य ३ जित्‍न सफल भएका थिए ।

बिज्ञापन

त्यस्तै कीर्तिपुरमा भएको सातौं राष्ट्रिय पुरुष खोःखोः प्रतियोगितामा क्लबले प्रथम स्थान हासिल गरी टिम च्याम्पियन बन्न सफल भएको थियो ।
उदयपुरको रामपुरमा भएको खुल्ला मेयर कप राष्ट्रिय पुरुष ह्याण्डबल प्रतियोगिता मा पनि आर्मी क्लबले प्रथम स्थान हासिल गर्न सफल भएको थियो ।

त्यस्तै थाइल्याण्डको बैंककमा भएको थाइल्याण्ड ओपन अन्तर्राष्ट्रिय बक्सिङ च्याम्पियनसिपमा कांस्य पदक–१, इटहरीमा भएको अन्तर्राष्ट्रिय आमन्त्रण इटहरी गोल्डकप फुटबल प्रतियोगिता–२०७८ मा द्वितीय, भारतको सिक्किममा भएको इपिक हिमालय डुवाथ्लोनमा स्वर्ण पदक–१, रजत पदक–२ र कांस्य पदक–१ जित्‍न सफल भएको सेनाले जनाएको छ ।
सेनाका अनुसार काठमाण्डौंको बहुउद्देशिय मार्शल आर्ट केन्द्र खुसिबुमा भएको स्व. अम्बिकाबहादुर स्मृति सिनियर महिला तथा पुरुष जुडो प्रतियोगितामा स्वर्ण पदक–४, रजत पदक–५ र कांस्य पदक–६ जित्‍न सफल भएको छ । तेस्रो जुम्ला रारा अल्ट्रा म्याराथन–२०७८ मा क्लबले स्वर्ण पदक–१ जितेको थियो ।

बिज्ञापन