खेलकुद

काठमाडौं महानगरले क्रिकेट प्रशिक्षण शुरु गर्ने

बिज्ञापन

काठमाडौं । काठमाडौं महानगरपालिकाले क्रिकेट खेलका लागि क्लास संचालन गर्ने भएको छ ।

बिज्ञापन

आफ्नो महानगर क्षेत्रका कतिपय स्कुल र वडाहरुका आवश्यक भौतिक पूर्वाधारलाई मध्यनजर गर्दै क्रिकेट प्रशिक्षण सुरु गर्न लागेको मेयर बालेन शाहले जानकारी दिएका छन् । 

महानगरसँग कक्षा संचालनका लागि आवश्यक पूर्वाधार जनशक्ति नभएकाले बागमती प्रदेश क्रिकेट संघको सहयोग लिने उनले घोषणा गरेका छन् ।  मेयल बालेनले फेसबुकमा लेखेका छन्, ‘पारस खडका , ज्ञानेन्द्र मल्ल , पृथु बास्कोटा पछि काठमाडौँबाट राष्ट्रिय टोलीबाट प्रतिनिधित्व गर्ने अर्को खेलाडी नै निस्किएन । कारण काठमाडौँमा खेल्ने वातावरण नै नभएर हो ।

स्थानीय सरकारको दायित्व भनेकै स्थानीय जनतालाई खेल्ने वातावरण तयार पार्ने नै हो । त्यसको अनुरूप हामीले बागमती प्रदेश क्रिकेट सङ्घको प्राविधिक सहयोगमा केही स्कुलहरू तथा वडाहरूमा क्रिकेट नेट राख्ने व्यवस्था गर्दै छौ । तर उक्त स्थानमा क्रिकेट सिक्न जाने खेलाडीहरूको लागि प्रशिक्षकको अभाव छ। बाग्मती प्रदेश भित्र लेबल १ देखि ३ सम्मको सर्टिफाइड क्रिकेट प्रशिक्षक २५ जना मात्रै रहेका छन् ।

प्रशिक्षक र खेलाडीको अनुपातलाई हेर्दा यो निकै कम हो ।  यस खाडललाई सम्बोधन गर्न, हामीले वाग्मती क्रिकेट सङ्घको सहकार्यमा  काठमाडौं क्रिकेट प्रशिक्षक विकास कार्यक्रम, आइसिसी लेभल 0  क्रिकेट कोच विकास कार्यक्रम सुरु गर्दै छौ । जस अन्तर्गत ५० नयाँ क्रिकेट प्रशिक्षकहरूलाई तालिम दिई त्यसपछि सहर भरका इच्छुक खेलाडीहरूलाई क्रिकेटको ज्ञान र सीपहरू फैलाउन सहयोग गर्ने छ । यस्ता कार्यक्रम मार्फत युवाहरूलाई अनुशासन, टिम वर्क र नेतृत्व कौशल विकास गर्ने ठाउँ दिने ,ट्यालेन्ट पूलः क्रिकेट प्रतिभाको संख्या बढाइ, राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरहरूमा सम्भावित प्रतिनिधिहरूको पहिचान गरी क्षमता अभिवृद्धि गर्ने छ।

बिज्ञापन