घटना समाचार

तीनकुेनमा चार जनाकाे सामुहिक हत्यामा संलग्न चार अभियुक्त पक्राउ

बिज्ञापन

काठमाडौँ महानगरपालिका वडा नं ३२ तीनकुनेस्थित गैह्रीगाउँमा गए राति चार जनाको सामुहिक हत्या भएको छ । हत्या गरिएका चारमध्ये तीन जना एकै परिवारका हुन् । हत्यामा संलग्न दीपेन्द्र राईले प्रहरी कार्यालयमा आत्मसमर्पण गरेका छन् ।

बिज्ञापन

सामुहिक हत्यापछि प्रहरी कार्यालयमा आत्मसमर्पण गरेका २८ वर्षीय दीपेन्द्र राई लागु औषधको दुर्व्यसनी रहेको प्रहरी प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । शुक्रबार बेलुका करिब १० बजे तिनकुनेस्थित दिब्य मिलमा कार्यरत कुमार भुजेल, उनकी श्रीमती अम्बिका भुजेल, आमा शुभद्रा भुजेल र नविन राईको हत्या भएको थियो । 

हत्या गरिएकामध्ये कुमार, अम्बिका र शुभद्रा एकै परिवारका सदस्य हुन् । नविन भने मिलमा आउने–जाने गरिरहन्थे । उनका बुबा पहिले सोही मिलमा काम गर्थे । प्रहरीका अनुसार हत्यामा २८ वर्षीय दीपेन्द्र राई सहित अन्य पनि संलग्न छन् । उनीहरु सबै लागु औषधको दुर्व्यसनी रहेको प्रहरीको भनाई छ । जसमध्ये तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । हत्या गर्नु अघि उनीहरु तिनकुनेकै स्नुकर हाउसमा भेट भएका थिए । स्नुकर खेलेपछि उनीहरु मिल प्रवेश गरेका थिए ।

जिल्ला प्रहरी परिसर काठमाडौंका डिएसपी अनिल अधिकारीले घटनामा संलग्न थप तीन जना पक्राउ परेको बताए । उनले भने, ‘मिलमा सामुहक हत्या गरिएको देखिन्छ । जसमध्ये दीपेन्द्र राई पक्राउ परेका छन् । उनीहरुसँगै अन्य तीन जनालाई पनि पक्राउ गरिएको छ। उनीहरु विरुद्ध अनुसन्धान सुरु भएको छ । के र कुन कारणले हत्या गरिएको हो अनुसन्धान पछि खुल्ला ।’

प्रहरीका अनुसार हत्यामा संलग्न दीपेन्द्र मृतक नविनको काकाको छोरा हुन् । हत्या गरिएका कुमार बिगत १५ बर्षदेखि उक्त मिलमा कार्यरत थिए ।

बिज्ञापन