कैलालीटीकापुर

टीकापुरमा ग्लोबल ओरयिन्स नेपाल प्रालि बाट करोडौं ठगी ,ठगिएको उजुरी परेपछि १ जना पक्राउ

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

टीकापुर ५ चैत टीकापुर नगरपालिका-१मा सम्पर्क कार्यलय रहेको  ग्लोबल ओरयिन्स नेपाल प्रालि नामको संंस्थाले ठगेको उजुरी परेपछि प्रमाण भेटिएको १ पक्राउ परेका छ्न।


कम्पनी विरुद्ध परेको उजुरीका आधारमा ग्लोबल   ओरियन्सका कर्मचारी डेकेन्द्र विकलाईपक्राउ गरेको इलाका प्रहरी कार्यलय टीकापुरका प्रमुख, प्रहरी नायव उपरीक्षक उद्धवसिह भाटले बताउनुभयो
ग्लोबलका ओरियन्सका कर्मचारी हरुले  युवाहरुबाट करोडौ रुपियाँ उठाएको खुलेको पनि  खुल्न आएको छ।
२०७७ असारमा काठमाडौं महानगरपालिका वडा नम्बर १६ मा मुख्य कार्यालय रहने गरी खुलेकोे उक्त कम्पनीले टीकापुरक्षेत्रमा सौर्न्दर्यका सामाग्री वितरण गर्नुपर्ने बाध्यकारी बनाउदै  पहिलो श्रेणी भनेर १५ हजार, दोस्रो श्रेणी भनेर ४० हजार र तेस्रो श्रेणी भनेर प्रतिव्यक्ति एक लाख बीस हजारका दरले पैसा उठाएको भेटिएको छ ।

बिज्ञापन

ग्लोबल ओरियन्समा पैसा बुझाइसकेपछि फोन, फेसबुकबाट पैसा बुझाएको व्याक्तिले चिने जानेका वा उसको सामाजिक संजालमा सम्पर्कमा रहेका मानिस बोलाएर आफूले धेरै तलब पाइरहेको  भनिदिनु पर्ने र ग्लोबलसंग भेट गराई दिए वापत मासिक तलव पाइने लोभमा फसेका युवाहरूको लर्को रहेको पनि खुल्न आएको छ।
अछाम जिल्लाको  ढकारीका चिरञ्जीवी बुढा अपरिचति महिलाले फेसबुकमा जोडेर टीकापुरमा जागिर छ भनेपछि आफू चिसापानीबाट टीकापुर आएर दुई दिनको तालिम लिई मासिक १८ हजारका दरले तलव पाइन्छ भनेपछि भएको जग्गा बेचेर एक लाख बीस हजार तिरेको बताए ।
उनले भने :५० हजार नगद भरत शाही र ७१ हजार इसेवाबाट दिएको तीन महिनापछि चार हजार दुई सय ८४ रुपियाँ मिलेपछि पहिले भनेजस्तो मासिक १८ हजार तलब नपाएपछि  ठगिएको रहेछु भन्ने बुझे
अर्का गाउँमै आर्थिक अभाब झेलेका दैलेखका युवा पनि मासिक चार हजार पाँच सय रुपियाँ पाउने लोभमा ४० हजार रुपीयाँ फसाएर बसेका छन् ।


ग्लोबलले टीकापुरमा सम्पर्क कार्यालय र ठाउँठाउँमा होस्टेल राखेको छ । आजकाल विभिन्न ठाउँमा गरी तीनसय जति युवाहरु दुई दिने कक्षा लिएर पैसा जम्मा गर्दै अरु साथीहरुलाई बोलाउन लागिरहेका छन् । ग्लोबलले पैसा वापत कसैलाई सौन्दर्यका सामानहरु दिने गरेको छ ।
पहिलो श्रेणीका १५ हजार तिर्नेले सामान लिएका पनि छन् तर ठूलो रकम तिर्नेले लिएका छैनन् । सामान लैजाँदा बील पनि नपाइने भएकाले लिनुको अर्थ नभएको युवाहरु बताउछन् ।
ग्लोबलले चलाकीपूर्ण रुपमा बील, कागज, बैंकको प्रयोग नगरेको देखिएको छ । यहाँ दैलेख, सुर्खेत, अछाम, जुम्ला, डडेलधुरा, दाङका युवाहरुले जागिर पाउने लोभमा पैसा फसाएका छन् । ग्लोबलका सिनियर डिष्ट्रिब्यूटर साजन चौधरीले चित्त नबुझेका एकदुई जनाले गुनासो गरे पनि टीकापुर शाखासंग जोडिएर आठ सयदेखि एक हजार जनाले कामगरिरहेको बताए ।


उपभोक्ता हित संरक्षण मञ्च नेपालका महासचिव अधिवक्ता विष्णुप्रसाद तिमिल्सिना सबै युवाहरुले प्रहरीलाई गुहार्नुपर्ने र उनीहरुको बयानका आधारमा कारवाही चलाउनु पर्ने बताउनुहुन्छ

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।