खेलकुद

अन्योलबीच टी-२० लिग सुचारु, पारिश्रमिकबारे खेलाडी र क्यानबीच तत्कालीक सहमति

बिज्ञापन

काठमाडौं । खेलाडीहरूको असन्तुष्टिका कारण आज अवरुद्ध बनेको नेपाल टी–२० लिग लामो छलफलपछि सुचारु भएको छ ।

बिज्ञापन

नेपाल क्रिकेट संघ (क्यान) र खेलाडीहरुबीच सहमतिपछि निर्धारित समयभन्दा दुई घण्टा ढिला म्याच सुरु भएको हो ।

नेपाल टी–२० लिगमा आबद्ध विभिन्न टिमका खेलाडीहरूले पारिश्रमिक नपाएको भन्दै टस बहिष्कार गरिरहेका थिए । क्यानले भरेसम्ममा पारिश्रमिक दिलाउने प्रतिबद्धता जनाएको स्रोतको भनाइ छ ।

क्यानको तर्फबाट महासचिव प्रशान्तविक्रम मल्लले खेलाडीहरूसँग वार्ता गरेका थिए । खेलाडीसँग भएको सहमतिबारे मल्लले केही बेरमा पत्रकार सम्मेलन गरी जानकारी दिने भएका छन् ।

सहमतिपछि काठमाडौं नाइट्स र विराटनगर सुपर किङ्सबीचको खेल ९ ओभरमा छोट्याइएको छ । यसअघि ८ः३० मा टस हुनुपर्ने खेलमा खेलाडीहरूले टस गर्न नमानेपछि ढिला भएको थियो ।

म्याच अम्पायर सञ्जय गुरुङका अनुसार खेल ९ ओभरको हुने भएको छ । यस खेलमा काठमाडौंले टस जितेर ब्याटिङ रोजेको छ ।

टी–२० लिग आयोजक सेभन ३ स्पोट्र्सका पदाधिकारी सम्पर्कविहीन बनेपछि प्रतियोगिता सुचारु हुनेमा अन्योल कायम छ ।

अहिलेसम्म पोखरा एभेन्जर्सबाहेक कुनै पनि टिमका खेलाडीहरूले पारिश्रमिक नपाएको बताइएको छ ।

बिज्ञापन