खेलकुद

एसिया कप : नेपालको समूहमा भारत र पाकिस्तान

बिज्ञापन

काठमाडौँ– यसै वर्ष एसिया कप एकदिवसीय क्रिकेट प्रतियोगितामा नेपाल भारत र पाकिस्तानजस्ता ठूला टोली भएको समूहमा परेको छ ।

बिज्ञापन

आज घरेलु मैदानमा युएईलाई हराउँदै छनोट भएसँगै नेपालले भारत र पाकिस्तानजस्ता ठूला टोलीसँग खेल्ने तय भएको हो ।

प्रतियोगिता आगामी सेप्टेम्बरमा पाकिस्तानमा हुनेछ । जहाँ नेपाल, भारत र पाकिस्तान एकै समूह ‘ए’मा छन् । 

यस्तै, समूह ‘बी’मा बंगलादेश, साविक विजेता श्रीलंका र अफगानिस्तान छन् । 

हरेक समूहका शीर्ष दुई टोलीले सुपर फोरमा स्थान बनाउनेछन् ।

बिज्ञापन