घटना समाचार

दार्चुलामा हिमपहिरो, यार्सागुम्बा टिप्न गएका पुरिएको आशंका

बिज्ञापन

दार्चुला । दार्चुलाको व्याँस गाउँपालिका- १ बोलिनमा हिमपहिरो गएको छ । मंगलबार दिउँसो २ बजेर ४५ मिनेटमा हिमपहिरो गएको हो ।

बिज्ञापन

हिमपहिरोमा स्थानीयहरू पुरिएको आशंकामा उद्धारका लागि प्रहरी टोली खटिएको छ । यार्सागुम्बा टिप्न गएकाहरू पुरिएको सूचनाका आधारमा छाङरुस्थित सशस्त्र प्रहरीको गुल्मबाट ३० जना उद्धारका लागि खटिएका हुन् ।

यार्सागुम्बा टिप्न गएकाहरू बसेको त्रिपाल बगाएको र त्यसमा कतिजना थिए भन्ने खुल्न सकेको छैन ।

बिज्ञापन