टीकापुर

विरेन्द्र विद्यामन्दिर र टीकापुर बहुमुखी क्याम्पसमा स्ववियू निर्वाचन स्थगित

बिज्ञापन

टीकापुर स्थित विरेन्द्र विद्यामन्दिर क्याम्पसमा दुई दिन अघि निर्वाचन स्थगित भएको छ । निर्वाचनको २ दिन अघिमात्र क्याम्पसले सुरक्षाको कारण देखाउँदै निर्वाचन स्थगित गरेपछि विद्यार्थी संगठन र राजनीतिक दल विरोध गरिरहेका छन् । निर्वाचनको अन्तिम तयारीमा आएर विद्यार्थी संगठनसँग कुनै छलफल नगरी स्थगित गरेको भन्दै राजनीतिक दलले विरोध गरेका छन् । नेपाली काँग्रेस, नेकपा एमाले, माओवादी केन्द्रका नेताहरुले सामाजिक सञ्जालमा निर्वाचन स्थगित गर्न नपाइने भन्दै आलोचना गरेका छन् ।
विरेन्द्रमा विद्यार्थी संगठनका ४ ओटा प्यानल स्ववियूको चुनावी मैदानमा उत्रिएका छन् । नेपाली कांग्रेसको नेपाल विद्यार्थी संघ, नेकपा एमालेको अनेरास्ववियू, नेकपा माओवादी केन्द्रको अनेरास्वियू क्रान्तिकारी र नागरिक उन्मुक्ती पार्टीको नागरिक विद्यार्थी समाजको नेतृत्वमा स्ववियू चुनावमा होमिएका छन् । 
चुनावमा नेविसंघले नविन अधिकारी, अनेरास्ववियूले प्रदिप रावल, अनेरास्ववियू क्रान्तिकारीले नविन सञ्ज्याल र नागरिक विद्यार्थी समाजले प्रवेश आचार्यको नेतृत्वमा प्यानल बनाई चुनावी प्रचारप्रसार गरिहेका छन् । 
त्रिभूवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त उक्त क्याम्पसमा १२ सय ३९ जना विद्यार्थी मतदाता रहेका छन् । प्रत्यक्ष तर्फ ४ ओटा संगठनको अध्यक्षमा उम्मेदवारी परे पनि समानुपातिक तर्फ भने ५ ओटा विद्यार्थी संगठनले उम्मेदवारी दर्ता गरेका निर्वाचन अधिकृत धर्मबहादुर विष्टले जानकारी दिनुभयो । 
उता टीकापुर बहुमुखी क्याम्पसमा भने यसअघि नै स्ववियू चुनाव स्थगित भएको छ । कृषी विज्ञान संकायका विद्यार्थीहरु कृषी विज्ञान संकायको छुट्टै स्ववियू चुनाव हुनुपर्ने माग राखि आन्दोलनमा उत्रिएपछि क्याम्पसको स्ववियू चुनाव स्थगित भएको छ । 
विद्यार्थीहरु छुट्दै स्ववियू चुनाव हुनुपर्ने माग राखि आन्दोलनमा उत्रिएका र विश्वविद्यालयको कार्यविधिमा त्यो व्यवस्था नभएकाले क्याम्पस प्रशासन र विद्यार्थीबिच पटक पटक भएका छलफलहरु विना निष्कर्ष सकिएपछि अहिलेलाई स्ववियू चुनाव स्थगित भएको सहायक क्याम्पस प्रमुख लालसिंह कार्कीले जानकारी दिनुभयो । 
विद्यार्थीहरुले उक्त क्याम्पसमा रहेको कृषी विज्ञान संकायको डिन कार्यालय र विभागमा पनि तालावन्दि गरेका छन् । सुदुरपश्चिम विश्वविद्यालयको आंगिक क्याम्पस टीकापुर बहुमुखी क्याम्पसमा यसअघि यहि चैत्र ८ गते स्ववियू चुनाव हुने कार्यतालिका रहेको थियो । 
टीकापुरस्थित विरेन्द्र विद्यामन्दिर र टीकापुर बहुमुखी क्याम्पसमा स्ववियू निर्वाचन स्थगित, विरेन्द्रमा चुनाव स्थगित गरेपछि चर्को विरोध