टीकापुर

टीकापुर नगर वासीद्वारा टीकापुर नगर प्रमुखलाई ज्ञापन पत्र

बिज्ञापन

टीकापुर । टीकापुर नगर वासीद्वारा टीकापुर नगर प्रमुखलाई ज्ञापन पत्र बुझाईएको छ । नगरपालिकामा बार–बार अधिकृतहरुको सरुवा गरेर कुनैपनि काम पूरा गर्न नदिएको विरोधमा उक्त ज्ञापन पत्र बुझाईएको पत्रमा उल्लेख गरिएको छ ।

बिज्ञापन

भर्खरै सरुवा गरिएका प्रशासन अधिकृत लक्षमण बहादुर कठायतलाई पुनः बोलाएर कामलाई निरन्तरता दिन भनिएको छ । पत्रमा अधिकृत कठायत टीकापुरमा सरुवा भएर आएदेखि पहिलेका अधिकृतभन्दा उत्कृष्ट काम गर्न सफल हुँदा–हुँदै पूरा कार्यकालसम्म काम गर्न नदिएर सरुवा गरिएको आरोप लगाइएको छ साथै सुुकुम्बासी तथा मुक्त कमैयाँहरुको वास्तविक छानविन गर्न समेत उल्लेख गरिएको छ ।

बिज्ञापन