टीकापुर

हल्ट प्राइज सुदूरपश्चिम विश्वविद्यालयको अन क्याम्पसको फाइनल सम्पन्न

बिज्ञापन

टीकापुर २० फागुन हल्ट प्राइज सुदूरपश्चिम विश्वविद्यालयको अन क्याम्पस प्रोग्रामको ग्रान्ड फाइनल बुधबार सम्पन भएको छ।

बिज्ञापन

जसमा अन-क्याम्पस फाइनलमा टीम नोभल डिजाइन्स् ले जितेको छ। टीम नोभल डिजाइन्स् मा संस्कृति जोशी (क्यपटेन), हिमान्शु सामन्त, धिरजड़्ग भण्डारी रहेका थिए। अब हल्ट प्राइजको रीजनलमा यस विजयी टिमले सहभागी हुनेछन।

टोलीमा उत्कृष्ट छनौट गर्नमा सहयोगको लागि न्यायाधीशहरूको प्यानल र कार्यक्रममा उनीहरूको मार्गदर्शन र सहयोगको लागि प्रायोजकहरूलाई र तपाईंको बहुमूल्य उपस्थिति र समयको लागि अतिथिहरू, मिडिया, र सल्लाहकारहरूलाई विशेष धन्यवाद दिन चाहन्छौं।
अविश्वसनीय र उल्लेखनीय कार्यक्रमको लागि टोलीहरूलाई बधाई छ।

विजय टीम: Team Nobel Designs
पहिलाे उपविजयता: Team Colony Of Weirdos
दोस्रो उपविजेता: Team Antifringle

तपाईहरु सबैलाई यहाँ पाउँदा अत्यन्तै रमाइलो भएको छ।
विद्यार्थीहरूका लागि नोबेल पुरस्कार मानिने यो प्रतियोगिता एक सामाजिक उद्यमशीलता प्रतियोगिता हो । स्वीडेनका अर्बपति बर्टिल हल्टद्धारा स्थापित हल्ट बिजनेश स्कूलका एम.बी.ए.हरुको अग्रसरतामा स्थापित यो पुरस्कार विजेता टिमलाई सामाजिक उद्यम सञ्चालनको लागि बीउ पुँजीको रुपमा १ मिलिएन अमेरिकी डलर पुरस्कार दिइन्छ। हल्ट एजुकेशन फष्र्ट भन्ने संस्थाका संस्थापक पनि हुनुहुन्छ।

अमेरिकाका पूर्वराष्ट्रपति बिल क्लिन्टनले यो प्रतियोगिताको विश्वले सामना गरिरहेको चुनौतिको शीर्षक चुन्नुहुन्छ हरेक बर्षको सेप्टेम्बर महिनामा यसको विजेता घोषणा गरिन्छ र सोहि बखत नै आउदो बर्षको लागी थेम घोषणा गरिन्छ। बंगलादेशका नोबल पुरस्कार विजेता मोहम्मद युनुसले यो पुरस्कारलाई विद्यार्थीका लागि “नोबल पुरस्कार” भन्नुभएको छ ।

विश्वविद्यालयका विद्यार्थीको भीडबाट विश्वले सामना गरिरहेका चुनौतिको सामना गर्ने उत्कृष्ट विजनेस आइडिया लिने अभिप्रायले यो प्रतियोगिता सुरु भएको हो । यसको बार्षिक कार्यक्रम अन्तरगत डिसेम्बरदेखि मार्चसम्म विश्वविद्यालयका अन-क्याम्पस कार्यक्रममा सहभागी गराइन्छ । त्यहाँ उत्कृष्ट हुनेलाई अप्रिलदेखि मेसम्म हुने क्षेत्रीय सम्मेलनमा सहभागी गराइन्छ साथै त्यसमा उत्कृष्ट हुनेलाई जुनदेखि अगष्टसम्म हुने ग्लोबल एक्सिलरेटर सम्मेलनमा र त्यसमा उत्कृष्ट हुनेलाई सेप्टेम्बरमा हुने ग्लोबल फाइनलमा सहभागी गराइन्छ। त्यस पछि सबै भन्दा उत्कृष्टलाई चयन गरिन्छ।

ग्लोबल फाइनलमा चयन भएको त्यस उत्कृष्ट टीमले अमेरिकाको न्यूयोर्कमा रहेको संयुक्त राष्ट्र संघको प्रधान कार्यालयमा आफ्नो व्यवसायको प्रदर्शन प्रस्तुति पछि निर्णायक मण्डलबाट विजयी घोषित टिमले आफ्नो व्यवसायलाई अगाडि बढाउन १ मिलीएन अमेरिकी डलर राशीको पुरस्कार पाउने छ।

बिज्ञापन