टीकापुर

सिएमसी कैलालीकाे दाेस्राे वार्षिक साधारणसभा सम्पन्न

बिज्ञापन

टीकापुर, २० फागुन,
सहकारी संस्थाका व्यवस्थापन प्रमुखकाे संस्था काेअपरेटिभ म्यानेजर्स क्लब (सिएमसी) कैलालीको दाेस्राे वार्षिक साधारणसभा सम्पन्न भएकाे छ ।

बिज्ञापन

कैलालीको घाेडाघाेडी नगरपालिका वडा नं. २ स्थित तिला कर्णाली बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सभाहलमा सम्पन्न कार्यक्रममा सुदूरपश्चिम प्रदेश सहकारी विभागका रजिस्ट्रार टीकाराम थापा प्रमुख अतिथि रहनु भएको थियोे ।

कार्यक्रममा मन्तव्य राख्दै प्रमुख अतिथि थापाले सहकारीहरुले सदस्यले गर्ने व्यवसायकाे आधारमा ऋण लगानी गर्नुपर्ने बताउनुभयाे । जुन उदेश्यले सहकारी संस्था स्थापना गरेकाे हाे साे उदेश्य अनुरुप काम नगरेका कारण कतिपय सहकारीहरुमा समस्या समेत देखिएकाे चर्चा गर्दै थापाले सहकारी भन्दैमा सबैलाई एकै डालाेमा हाल्न नहुनेमा जाेड दिनुभयाे । सहकारीले कर्मचारी तथा संचालककाे क्षमता बढाउनकाे लागि पनि आवश्यक वजेटकाे व्यवस्थापन गर्नु आवश्यक रहेकाे उहाँकाे भनाई थियाे ।

त्यसैगरी कार्यक्रमका विशिष्ट अतिथि राष्ट्रिय सहकारी बैंकका संचालक शिवा थापाले राम्रो काम गरिरहेका सहकारीहरुलाई पुरस्कार तथा गलत गर्नेलाई दण्डकाे व्यवस्था हुनुपर्ने बताउनुभयो । नियमनकारी निकायले सहकारीहरु अनुगमन गरि सहकारी नीति नियममा चलेकालाई प्राेत्साहन गर्ने र नीतिलाई नमानेर मनाेमानी रुपमा चलेका संस्थालाई कार्वाहीकाे दायरा ल्याउने हाे भने सहकारी क्षेत्रकाे थप सुधार गर्न सकिनेमा उहाँकाे जाेड थियाे ।

सिएमसी कैलालीका अध्यक्ष छबिलाल जैशीकाे अध्यक्षतामा भएकाे साधारणसभामा उपाध्यक्ष लाल बहादुर भण्डारीले स्वागत मन्तव्य राख्नुभएको थियाे । कार्यक्रममा महासचिव रुद्रप्रसाद खनालले प्रगति प्रतिवेदन, काेषाध्यक्ष प्रकाश कुमार जाेशीले आय/व्यय प्रस्तुत गर्नुभएकाे थियाे ।

सचिव नरेन्द्र टमट्टाले संचालन गर्नुभएको कार्यक्रममा कृष्णराज जाेशी, ललित कुमार न्याैपाने, चन्द्रा चाैधरी लगायतले शुभकामना मन्तव्य राख्नुभएकाे थियाे ।

बिज्ञापन