टीकापुर

देशको आर्थिक अवस्था मजवुत बनाउनका लागि यूवाहरुलाई उत्पादनसंग जोड्नुपर्ने : लक्ष्मण किशोर चौधरी

बिज्ञापन

टीकापुर ।  सुदुरपश्चिम प्रदेशसभा सदस्य देशको आर्थिक अवस्था मजवुत बनाउनका लागि यूवाहरुलाई उत्पादनसंग जोड्नुपर्ने बताउनु भएको छ । ग्लोबल ओरियन्स नेपाल प्रालीले टीकापुरमा गरेको अवार्ड बितरण, उत्प्रेरणा तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेशसभा सदस्य चौधरीले देशको आर्थिक अवस्था मजवुत बनाउनका लागि यूवाहरुलाई उत्पादनसंग जोड्नुपर्ने र त्यसमा निजी क्षेत्रले सघाउनु पर्ने बताउनु भयो । 
ग्लोबल ओरियन्स नेपाल प्रालीका अध्यक्ष वसन्त पण्डितको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत टीकापुर शाखाका प्रमुख साजन भगोरीयाले गर्नु भएको थियो । 
झलनाथ खनालले स्वागत गर्नु भएको कार्यक्रममा टीकापुर नगरपालिकाका नगर प्रमुख रामलाल डंगौरा थारु, जानकी गाउँपालिकाका निवर्तमान अध्यक्ष प्रदिप कुमार चौधरीले शुभकामना मन्तव्य राख्नु भएको थियो । कार्यक्रममा कम्पनीको सामान बिक्री कार्यमा संलग्न दाङदेखि कञ्चनपुरसम्मका सयौ जना बितरकहरुको सहभागिता रहेको थियो । 

बिज्ञापन
बिज्ञापन