खेलकुद

टीकापुरमा दोस्रो ज्ञानेन्द्र स्मृति खुल्ला पुरुष भलिवल रनिङ शिल्ड प्रतियोगिता शुरु, खेलकुदका क्षेत्रमा लगानी गर्न नगरपालिका तयार : रामलाल डंगौरा थारु

बिज्ञापन

टीकापुर । टीकापुरमा दोस्रो ज्ञानेन्द्र स्मृति खुल्ला पुरुष भलिवल रनिङ शिल्ड प्रतियोगिता शुरु भएको छ । टीकापुर नगरपालिकाको मेयरसंग यूवा खेलकुद कार्यक्रम अन्र्तगत प्रतियोगिता शुरु भएको हो । 
प्रतियोगिताको उद्घाटन गर्दै टीकापुर नगरपालिकाका प्रमुख रामलाल डंगौरा थारुले खेलकुदका क्षेत्रमा लगानी गर्न नगरपालिका तयार रहेको बताउनु भएको छ । उहाँले खेलकुदका विभिन्न क्षेत्रमा यो क्षेत्रका खेलाडीहरु पुगिसकेको स्मरण गर्दै अब खेलकुदलाई केवल खेल्नका लागिमात्र नभई खेलाडी उत्पादनमा जोड दिनुपर्ने बताउनु भयो ।
प्रमुख थारुले खेल क्षेत्रको विकासका लागि नगरापालिका खेलाडीहरुका साथमा रहने बताउँदै प्रस्तावना लिएर आउनेलाई सहयोग गर्न नगरपालिका तयार रहेको प्रतिवद्धता समेत व्यक्त गर्नु भयो ।
टीकापुर युवा क्लबका अध्यक्ष तपेन्द्र कुँवरको अध्यक्षतामा भएको खेल उद्घाटन कार्यक्रममा टीकापुर नगरपालिका वडा नम्बर १ का वडाध्यक्ष मोहन विक, टीकापुर अस्पताल व्यवस्थापन समितिका अध्यक्ष झपटबहादुर सोडारीले शुभकामना मन्तव्य राख्नु भएको थियो । कल्पेस कुँवरले स्वागत गर्नुभएको कार्यक्रम सञ्चालन परमानन्द पाण्डेले गर्नु भएको थियो । 
प्रतियोगितामा १० टिमको सहभागिता रहने छ । प्रतियोगितामा प्रथम हुने टिमलाई २ लाख १ हजार १ रुपैयाँ, द्वितीय हुने टिमलाई १ लाख १ हजार १ रुपैयाँ र तृतीय हुने टिमलाई ५० हजार १ रुपैयाँ पुरस्कार प्रदान गरिने अध्यक्ष कुँवरले जानकारी दिनुभयो । 
भलिवल प्रतियोगिता टीकापुर नगरपालिका र टीकापुर युवा क्लबको आयोजना तथा नयाँ विहानी पुनःस्थापना केन्द्रको सह–आयोजनामा शुरु भएको हो ।

बिज्ञापन
बिज्ञापन