टीकापुर

सन्त निरंकारी आदर्श विद्या मन्दिरको ३२औं वार्षिक उत्सव तथा अभिभावक दिवस सम्पन्न

बिज्ञापन

टीकापुर, १४ फागुन । सन्त निरंकारी आदर्श विद्या मन्दिरको ३२औं वार्षिक उत्सव तथा अभिभावक दिवस सम्पन्न भएको छ । विद्यालयको आफ्नै प्राङ्गणमा शुक्रबारका दिन आयोजित उक्त कार्यक्रममा विद्यालयले आफ्नो ३२औं वार्षिक उत्सव विभिन्न नेपाली सस्कृति झल्किने नृत्य तथा चेतना मूलक नाटक विद्यार्थी, अभिवाक तथा विशिष्ट पाहुनाहरुको बीच सम्पन्न गरेको छ ।

बिज्ञापन

उक्त कार्यक्रममा प्रमुख अतिथिको रुपमा आउनु भएका सुदुर पश्चिम प्रदेश सभासदस्य लक्ष्मण किशोर चौधरीले आफ्नो शुभकाम मन्तब्य दिने क्रममा यस विद्यालयले आफ्नो स्थापना कालदेखि नै सन्तोष वर्धक नतिजा ल्याएर यसबाट विभिन्न क्षेत्रमा दक्ष प्रविधि जन्माउन सफल भएकोमा प्रशंसा व्यक्त गर्नुभयो । उहाँले सन्त निरंकारी आदर्श विद्या मन्दिरले यस विद्यालयमा पठन–पाठन गर्ने छात्र–छात्रहरुलाई केवल भौतिक शिक्षा मात्र नदिएर आध्यत्किक शिक्षातिर अग्रसर गराई रहेकाले आजको समयमा जुन विभिन्न कुलतहरुमा फसेर जीवन वर्वाद गरिहेका विद्यार्थीहरुले यसबाट पाठ सिक्नु पर्ने बताउनु भयो । मानवको पूर्ण जीवन सफल हुन केवल भौतिक शिक्षाले मात्र पूरा नभएर त्यसको लागि आध्यात्मिक शिक्षाको पनि खाँचो भएकोले त्यसको पूर्ति आज यस विद्यालयले गरेको धारणा राख्नुभयो ।

उहाँले टीकापुर क्षेत्रलाई तत्काली कुशल शासक खडक बहादुर सिंहले शैक्षिक नगरीको रुपमा चिनाउने चेष्टा गर्नुभएको तर कारणवश पूरा हुन सकेन तर त्यस सपनालाई पूरा गर्ने कार्यलाई निरन्तरता दिन उहाँका उत्तराधिकारी बनेर यस विद्यालयका गुठीयार बोर्डका अध्यक्ष नर बहादुर रावलले पूरा गरिरहेकोमा खुशी ब्यक्त गर्नुभयो ।

विद्यालय व्यवस्थानका सदस्यहरुले जुन माग राख्नु भएको छ त्यो जायज भएको बताउँदै आफ्नो तर्फबाट शैक्षिक सामाग्रीका साथै भौतिक पूर्वाधारको विकासको लागि तन्मयताका साथ लाग्ने बाचा गर्नुभयो । आफ्नो कार्यकालमा टीकापुरदेखि पार्कसम्मको बाटो, त्यस्तै कर्णालीको छेऊमा रहेको मसानघाटको टतबन्धनसम्मको बाटोको स्तरउन्मुख सम्बन्धमा आफू शतप्रतिश मञ्जूर रहेकोले टीकापुरको समग्र विकासको लागि बजेट हाल्दा गम्भिरताका साथ लाग्ने प्रतिबद्धता जनाउनुभयोे ।

त्यस्तै सुदूर पश्चिम प्रदेशका नीति तथा योजना आयोगका सदस्य तथा प्राध्यापक डा. जगत बहादुर सिंह रावलले अनुशासनले नै मान्छेलाई महान बनाउने गर्दछ, जति ठुलो पदमा भएर पनि त्यसमा अनुशासन छैन भने ठुलो मान्छे बनेको कुनै औचित्य हुँदैन । त्यसको लागि अनुशासन अवश्य चाहिन्छ बताउनु भयो । उहाँले अनुशासनलाई आध्यात्मिक क्षेत्रबाट नै प्राप्त गर्न सकिन्छ जुन कार्य आज यस सन्त निरंकारी आदर्श विद्या मन्दिरले गरिरहेको बताउनुभयो ।

यसरी नै सुदूर पश्चिम प्रदेश सभा सदस्य ललिता सुनारले सन्त निरंकारी आदर्श विद्या मन्दिर एउटा सानो खरले छायको झुपडीबाट आज आफ्नै चार तले भवनको निर्माण गरेर प्रत्येक वर्ष देशका दक्ष नागरिकको जन्म दिरहेकोमा विद्यालयको उत्तरोत्तर प्रगतिको कामना गर्नुभयो । उहाँले विद्यालयले स–साना भाइबहिनीहरुलाई अनुशासनको पाठ पढाएर चरित्रवान विद्यार्थीहरुलाई जन्म दिएकोमा प्रशंसा व्यक्त गर्नुभयो । आफ्नो तर्फबाट विद्यालयलाई चाहिने आवश्यक भौतिक पूर्वाधार निर्माणको लागि सहयोग गर्ने बचन प्रतिबद्धता जाहेर गर्नुभयो ।

टीकापुर नगरपालिका पूर्व नगर अध्यक्ष तपेन्द्र रावलले टीकापुर क्षेत्रमा करिब ७५ वटा शैक्षिक सस्था रहेको बताउँदै त्यसमा आधाआधि प्राईभेट र सार्वजनि विद्यालयहरुले आफ्नै परिवेशलाई आगेटेको छ । यी दुइटैको तालमेललाई अगाडि बढाउने क्रममा आफूले नेतृत्व गर्दा ख्डक मेमोरियल ई. स्कूल, वीरेन्द्र विद्या मन्दिर स्कूल र सन्त निरंकारी आदर्श विद्या मन्दिरले आफूलाई सार्वजनिक शैक्षिक गूठीको रुपमा अगाडि बढाई रहेका छन् । यिनीहरुलाई नगरपालिकाको माताहतमा कसरी संचालन गर्न सकिन्छ भनेर छलफल चलाउँदा चलाउँदै केहि प्राविधि तथा कोभिडको कहरका कारण नसकिएकोले अबको नेतृत्वले यस कार्यलाई अगाडि बढाउनु पर्ने बताउनु भयो । उहाँले आफ्नो कार्यकालमा बाल विकासका शिक्षकहरु न्यूतम तलबमा पढाई रहेकोर्मा आफूले सरकारी स्कूलका शिक्षकले जति तलब पाउँछन् त्यति नै तिनीहरुलाई उपलब्ध गराउने निर्णय गरेको बताउनुभयो । निम्न आधूरत तहमा निःशुल्क पढाउने ब्यस्था गरेको बताउँदै २४ लाखको मेयर प्राविधिक कोषको निर्माण गरेर त्यो कोषकाट सार्वजकि र शैक्षिक गूठीमा पर्ने विद्यार्थीहरुलाई टीकापुर पोलिटेक्नीकमा वार्षिक २४ लाख लाग्ने जनु फिस छ त्यो अहिले मेयर छात्रवृत्ति प्राविधिक कोषबाट उलब्ध गराई रहेको बताउनुभयो । त्यस्तै १५ लाखको उपमेयर अनाथ–असाय छात्रवृत्ति कोष अगाडि बढीरहेको बताउनुभयो ।

वरिष्ट पत्रकार, बुद्धिजीव तथा राजनीतिज्ञ भूवनेश्वर अधिकारले टीकापुर क्षेत्र मै सबैभन्दा राम्रो रिजल्ट दिन सफल सन्त निरंकारी आदर्श विद्या मन्दिरको उज्वल भविष्यको कामना गर्दै उहाँले टीकापुर क्षेत्रमा तीन खालका सोच भएका मान्छेहरु रहेको जसमा उनीहरु टीकापुरको विकास गर्न नखोजेको आरोप लगाउनु भयो । केहि थोरै मात्र मान्छेहरु टीकापुरको विकास हुनु पर्छ भन्ने भावनलाई आत्मसाथ गर्दै त्यसमा लागि परेको बताउनु भयो ।

आफू यस स्कूलसंग आरम्भदेखि नै जोडिएकोले जहिले पनि यहाँ आउँदा प्रेम र प्रोत्साहनको भावना जागृत हुन्छ । २०४६ पछि टीकापुरमा नेपालमा नै आफ्नो राम्रो छवि बनाउन सफल विद्यालय आज दुर्गगतितिर गइरहेको चिन्ता व्यक्त गर्दै यो सबै हामी मध्येकै टीकापुर बासीले गरेको आरोप लगाउनुभयो । उहिले गुणस्तरी शिक्षा हासिल गर्न बाहिरबाट विद्यार्थीहरु टीकापुर आउने गरेको तर आजभोलि विद्यालयको शिक्षा दिनानुदिन गुणस्तरीयहिन हुन गइरहेको र यो चिन्ताको विषय भएकोले यसतिर हामी सबैको ध्यानार्कषण हुनुपर्ने कुरा जोड दिनुभयो ।

सन्त निरंकारी मण्डल नेपालका अध्यक्ष तथा सन्त निरंकारी आदर्श विद्या मन्दिरका गुठीयार बोर्डका अध्यक्ष नर बहादुर रावलले आफू युवा अवस्थादेखि नै शिक्षा प्रेमि भएकोले टीकापुर विकास समितिमा कार्यरत हुँदा सीतापुरमा अवस्थित जनगृति मावि स्कूल, त्यस्तै अछाममा कालिका मावि स्कूलको स्थापन गरेको स्मरण गर्दै पछि यहि प्रेरणा र उत्साहबाट सन्त निरंकारी आदर्श विद्या मन्दिरको स्थापना गर्ने धारणा पलाएको बताउनु भयो ।

आफू टीकापुर विकास समितिमा कार्यरत रहदा टीकापुर क्षेत्रमा टीकापुरका स्थापक खडक बहादुर सिंहले टाउन प्लानिङ गरेर पर्यवरणको संरक्षण गर्नु भएको र त्यसको प्रत्याभूति आज हामी सबैलाई प्राप्त भइरहेकोमा उहाँप्रति कृतज्ञता व्यक्त गर्नुभयो । उहाँले आफ्नै कार्यकालमा त्यति बेला ७५ वटा संस्थालाई निःशुल्क जग्गा वितरण गरिएको स्मरण गर्दै प्रत्येकले आफ्नो उद्देश्य त पूर्ति गरेको छन् तर सन्त निरंकारी मण्डल यस्तो संस्था छ जसले आध्यात्मिकताको साथ–साथै भौतिक शिक्षाको साथै जनहितको लागि २०४७ सालमा एउटा खर छायको सानो झूपडीबाट शिक्षाको आरम्भ गरयो । सार्वजनिक शैक्षिक गुठीमा दर्ता भएको सुदूर पश्चिममा नै यो पहिलो सन्त निरंकारी आदर्श विद्या मन्दिर भएको बताउँदै पछि यसको अवधारणाको पालन गर्दै विरेन्द्र विद्या मन्दिर, खडक स्मृति पनि दर्ता भएको बताउनु भयो । यी सबै विद्यालयसंग थुप्रै जग्गा रहेको तर विद्यालयसंग जम्मा साढे चार कठ्ठा मात्र जग्गा भएको अवगत गराउनु भयो । आज प्रदेश सभा र स्थानीय सरकारको तर्फबाट भौतिक पूर्वाधारमा सहयोग गरिरहेकोमा प्रशंसा व्यक्त गर्नुभयो र आउँदा दिनहरुमा पनि यसरी निरन्तर सहयोग पाईराख्ने अपेक्षा राख्नुभयो ।

उहाँले टीकापुर वासीले दिनहुँ कर्णाली टतमा अवस्थीत मसानघाटसम्म विभिन्न सास्ती भोग्नु गरेको अवस्थाको अवगत गराउँदै टीकापुरदेखि पार्कसम्म बाटो र टीकापुर पार्कको पनि नियमित सरसफाई प्रति सरकारले ध्यानु पर्ने ध्यानार्षकण गराउनुभयो ।

त्यस्तै टीकापुर ईलाका प्रशासन कार्यलयका प्रमुख चिरिञ्जिवी रानाले अरु देशको तुलनामा हाम्रो देशमा विद्यार्थीको माग अनुसार शिक्षा प्रदान नगरेर वा विद्यार्थीका आवश्यकता के के छन् त्यसमा आधारित शैक्षिक करिकुलमको विकास गरे तब मात्र शिक्षा क्षेत्रमा विद्यार्थीहरुलाई आत्म निर्भर बनाउन सके देशको विकास गर्न सकिने तर्क राख्नुभयो । उहाँले शिक्षा त प्रदान गरिरहेका छौ तर कुन शिक्षा प्रदान गर्दा देशको रोजगारी क्षेत्रमा बढीभन्दा रोजगार दिन सक्ने धारणा राख्नुभयो ।

कार्यक्रममा शैक्षिक सत्र २०७८ सालको वार्षिक परिक्षामा प्रथम, द्वितिय र तृतिय हुने नर्सरीदेखि १२ कक्षा सम्मका विद्यार्थीहरुलाई पुस्कार तथा प्रशंसा पत्र वितारण गरिएको थियो भने विद्यालय स्तरिय खेलकूदमा सधानात्मक रुपमा प्रथम, द्वितिय र तृतिय हुनेलाई पुस्कार तथा प्रशंसा पत्र वितरण गरिको थियो । त्यस्तै राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागि भई प्रथम, द्वितिय र तृतिय हुने विद्यार्थीहरुलाई पुरस्कार तथा प्रशंसा पत्र दिइएको थियो ।

वार्षिक खेलकूद तथा अनुशासनमा उत्कृष्ट विद्यार्थी तथा बाल सेवादल आयूषमान ठकुल्लालाई ‘बेष्ट प्लेर र अनुशासन अवार्ड–२०७९’ बाट सम्मानित गरिएको थियो । त्यस्तै उत्कृष्ट एम्पायर तथा रेफ्री सेवादल जवान एवं खेल शिक्षक रण सिंह बुढालाई सम्मानित गरिएको थियो । यसरी नै ‘ईमान्दर, कर्तव्य निष्ठ तथा लगनशिल शिक्षक अवार्ड–२०७९’ शिक्षक तथा सेवादल प्रकाशमान ठकुल्लालाई प्रदान गरिएको थियो ।

संस्थापक रिटायर्ड प्रिन्सीपल जीत बहादुर ओडलाई आफ्नो कार्यकालमा विद्यालयलाई उचाईको विन्दुमा पु¥याउन योगदान गर्नु भएकोले दोसल्ला ओढाई अवार्ड दिएर सम्मानित गरिएको थियो

कार्यक्रमको दिनभरि नेपाली भेशभूषा झल्किने आकर्षक नृत्य, गीत र चेतना मूलक नाटक प्रस्तुत गरिएको थियो भने कार्यक्रमको बीचमा सुदूरपश्चिमा नाचिने प्रसिद्ध नाच ‘हुड्क्यौली’ सन्त निरंकारी आदर्श विद्या मन्दिरका शिक्षक तथा सन्त निरंकारी मण्डल नेपालका क्षेत्रिय संचालक नर बहादुर बटालाको नृत्यले सबै दर्शकदिर्घालाई मन्त्रमुग्ध पारेको थियो र यो गीत सोसल मिडियामा निकै भाइरल पनि भइरहेको छ ।

अभिवाक, विद्यार्थी र अतिथिहरुले खचाखच भरिएको कार्यक्रमको अध्यक्ष सन्त निरंकारी आदर्श विद्या मन्दिरका अध्यक्ष श्रीराम काफ्ले गर्नुभएको थियो भने स्वागत मन्तब्य कान्ति प्रसाद ज्ञावलीले र विद्यालयको वाषिक प्रगति विवरण तथा प्रतिवेदन सत्यराज शर्माले प्रस्तुत गर्नु भएको थियो भने कार्यक्रमको संचालन सन्त निरंकारी आदर्श विद्या मन्दिरका शिक्षक तथा गायक उदय राज रेग्मी तथा शिक्षक तथा क्षेत्रिय संचालक नर बहादुर बटालाले निकै अकार्षक तवरले गर्नुभएको थियो ।

बिज्ञापन