टीकापुर

सन्त निरंकारी मण्डल नेपाल, टीकापुर र सन्त निरंकारी आदर्श विद्या मन्दिरद्वारा सरसफाई अभियान सम्पन्न

बिज्ञापन

टीकापुर, १४ फागुन । सन्त निरंकारी मण्डल नेपाल, टीकापुर र सन्त निरंकारी आदर्श विद्या मन्दिरको संयुक्त आयोजनामा ‘प्रोजेक्ट अमृत’ अन्तर्गत ‘स्वच्छ जल, स्वच्छ मन’ को नारालाई आत्मसाथ गर्दै सरसफाई अभियान कार्यक्रम सम्पन्न भएको छ ।

बिज्ञापन

सत्गुरु बाबा हरदेव सिंह जी महाराजको जन्मोत्वको उपलक्ष्यमा आयोजित उक्त कार्यक्रममा सहभागी भएका सुदूर पश्चिम प्रदेश सभासदस्य लक्ष्मण किशोर चौधरीले वर्तमानको आवश्यकता नै स्वच्छ जल, स्वच्छ मन हुनु पर्छ भन्ने भावलाई आत्मसाथ गरेर आज सन्त निरंकारी मण्डलले यस सरसफाई अभियानलाई देशभरि नै अगाडि बढाई रहेकोले त्यसमा आफूपनि सहभागि हुन पाउँदा खुशी व्यक्त गर्दै उहाँले सरसफाई जस्तो कार्य कुनै एक क्षेत्रबाट मात्र परिपूर्ति हुन नसक्ने भएकोले त्यसको लागि सबै संघ–संस्थाको अपरिहार्य सहयोग हुनुपर्ने बताउनु भयो । टीकापुर पार्कमा फोहोर मैला जमेकोले त्यसको सरसफाई गर्नु अति आवश्यक भएकोले त्यस अभियानमा सन्त निरंकारी मण्डल नेपाल सन्त परिवार र सन्त निरंकारी आदर्श विद्या मन्दिरका विद्यार्थी भाइबहिनीहरु सहभागी भएर सरसफाई गरिरहनु भएकोमा उहाँहरु धन्यावादका पात्र हुनुहुन्छ । अब टीकापुर पार्क सुन्दर भएर आन्तरिक पर्याटन भित्रयाउनुमा ठुलो टेवा पुग्ने आशा व्यक्त गर्नुभयो ।

त्यस्तै सन्त निरंकारी मण्डल नेपालका अध्यक्ष नर बहादुर रावलले आज ‘अमृत प्रोजेक्ट’ अन्र्तगत ‘स्वच्छ जल, स्वच्छ मन’ नारालाई आत्मसाथ गर्दै नेपालका विभिन्न ठाउँहरुमा खोला, नाला, पार्क, सडक आदिको सरसफाईमा सन्त–महापुरुष तथा निरंकारी सेवादलका जवानहरु यस कार्यमा लागेको बताउँनु भयो । उहाँले प्रत्येक २३ फेब्रुवरीका दिन सत्गुरु बाबा हरदेव सिंह जी महाराजको जन्म दिनको उपलक्ष्यमा विश्वभरि सरसफाईका कार्यक्रम गरेर मनाईदै आएको अवगत गराउँदै यस वर्ष विश्वभरि विभिन्न नदी–नाला, खोला, पार्क, सडकको सरसफाई गरिएको बताउनु भयो ।
उहाँले आजको नारालाई स्पष्ट पार्दै भन्नुभयो कि यदि स्वच्छ जल भएपछि हाम्रो शरीरिक अवस्था पनि तन्दूूरुस्त हुन्छ र सबै कार्यहरु गर्न सकिन्छ, जीवन सफलतातिर बढ्न सक्छ, त्यस्तै मन तन्दूरुस्त भएपछि हाम्रो मनमा शान्तिको वास हुन्छ । सत्गुरु बाबा जीको भनाईलाई उजागर गर्दै उहाँले प्रदुषण बाहिर होस वा भित्र दुबै हानिकार हुन्छ । चाहे त्यो बाहिर होस वा भित्र । बाहिरी प्रदुषणलाई त हात वा अनेकौं औजारहरुको सहयोगबाट सफा गर्न सकिन्छ तर भित्र प्रदुषण केवल ब्रम्हज्ञानको माध्यमबाट मात्र गर्न सकिन्छ ।

साना बालबालिकादेखि वृद्धासम्मका मान्छेहरुलाई यस कार्यक्रममा उत्साहका साथ सहभागि भएका छन् नि ! यो कसरी सम्भव हुनगयो भनेर सोध्दा उहाँले सम्पूर्ण मानव प्राणी एक ईश्वरका सन्तान हुन । गुरुद्वारा प्रदान गरिएको ब्रम्हज्ञानका कारण सबै एक साथ आउन सफल भएको बताउँदै यहाँ सानो–ठुलो, जात–भातको कुनै भेदभाव छैन र सेवा वा भक्ति गर्नको लागि कुनै उमेरले छेक्दैन यो प्रेरणा वर्तमान सत्गुरु माता सुदीक्षा जीबाट पाएको हुँदा यस सरसफाई कार्यक्रममा सबैको सहभागी भएको उहाँले बताउनु भयो । उहाँले टीकापुर पार्कको गेट त सुन्दर छ तर त्यस भित्र गएको खण्डमा विभिन्न ठाउँमा फोहोरै फोहोर छ जसको कारण आन्तरिक पर्याटनलाई बढावा दिन नसकिएको हो । यसको दिनहुँ सरसफाईको खाँचो रहेको र यसतिर सम्बन्धि निकायको ध्यान जानु पर्ने बताउनुभयो ।

सन्त निरंकारी मण्डल नेपालका क्षेत्रिय संचालक नर बहादुर बटालाले पीकनिक स्थलमा धेरै दिनदेखि फोहोर जमेकोले आफू बाहिर जाँदा पनि टीकापुर पार्क सम्बन्धि नराम्रा खबरहरु सुनेकोेले हामी सबैले टीकापुर पार्कको सरसफाई गर्नु पर्ने आवश्यक रहेको निर्णय गरेको बताउनुभयो । आन्तरिक पर्याटकहरुको लागि शौचालय, सरसफाईका साधन, खाने पानीको उचित व्यवस्था गरिदिएमा बडीभन्दा बढी पर्याटक भित्रयाउन सकिने धारणा राख्नुभयो ।

सेवादल जवान जूनी रावलले आफू यस सरसफाई अभियानमा सहभागि हुन पाएकोमा खुशी व्यक्त गर्दै स्वच्छ जल भएपछि स्वस्थ शरीर हुन्छ र स्वच्छ मन भएपछि ह्दय पवित्र हुन्छ । यसै सन्देशलाई साकार पार्नको लागि हामी सन्त परिवार तथा विद्यार्थीहरु जुटेको बताउनुभयो ।

त्यस्तै सन्त निरंकारी भवनका मुखी महादेव भण्डारीले आफूपनि यस उमेरमा यस अभियानमा संलग्न हुन पाएकोमा खुशी व्यक्त गर्दै यो उर्जा परमात्माको कृपा हो बताउनुभयो ।

त्यस्तै सन्त निरंकारी आदर्श विद्या मन्दिरका अध्यक्ष श्रीराम काफ्लेले पार्क घुम्न आउने पर्याटकहरुलाई पानी, कुँचो, ट्वाईलेटको साँचो र पार्कको दिनहुँ सरसफाई हुनु पर्ने कुरामा जोड दिनुभयो । उहाँले पार्क क्षेत्र ठुलो भएकोले त्यसको मेशनरी औजारहरु उपलब्ध गराएको खण्डमा सरसफाई गर्नुमा कठिनाई नहुने बताउनु भयो ।

दाङ्ग, घोराहीबाट आएका महिला समूहले आफूहरुले ट्वाईलेटको साँचो नपाएर समस्या भोग्नु परेको गुनासो गर्दै पीकनीक स्थलमा पनि सरसफाई र खानेपानी टंकीको राम्रो व्यवस्था गरेको खण्डमा राम्रो हुन्थ्यो उनीहरुको धारणा थियो ।
टीकापुर पार्कको सरसफाईमा सन्त निरंकारी भवनका सन्त परिवार तथा सन्त निरंकारी आदर्श विद्या मन्दिरका विद्याथीहरुले हातमा कुँचो लिएर पार्कको विभिन्न ठाउँ तथा खाने पानीको ट्यांकीमा लागेको लेऊ र त्यसको वरिपरि रहेको फोहोरको थुप्रोलाई संकलित गरेर व्यवस्थित गरेका थिए ।

उक्त अवसरमा सरसफाई अभियानको पूरा विवरण मालिका समाचारले प्रत्येक्ष प्रसाण गरेको थियो ।

बिज्ञापन