घटना समाचार

रुकुम जाँदै गरेको बस त्रिशूलीमा खस्यो

बिज्ञापन

काठमाडौं । काठमाडौंबाट रुकुम जाँदै गरेको बस त्रिशूलीमा दुर्घटना भएको छ । प्रहरीका अनुसार बस त्रिशूली नदीमा खसे पनि अहिलेसम्म मानवीय क्षतिको कुनै विवरण आएको छैन ।

बिज्ञापन

दुर्घटनाबाट घाइतेहरूलाई प्रहरीको गाडी र एम्बुलेन्सबाट अस्पताल लगिँदै गरेको प्रहरीले जनाएको छ । बस नदीमा खसे पनि नडुबेका कारण मानवीय क्षतिको सम्भावना न्यून रहेको प्रहरीले जनाएको छ । बसमा २० जना यात्रु रहेको प्रहरीको अनुमान छ ।

बिज्ञापन