आस्था /आध्यात्म

मुख्यमन्त्री कमल शाहद्वारा सडकपुर बौनियाँको सत्संग भवन अवलोकन

बिज्ञापन

टीकापुर, १७ बैशाख । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल शाहद्वारा सडकपुर बौनियाँको सत्संग भवन अवलोकन गरिएको छ ।

बिज्ञापन

गत शुक्रबार (१५ बैशाख) कैलालीको वर्दगोरिया गाउँ पालिका वडा नं. २, सडकपुर बौनियाँमा अवस्थित निर्माधिन निरंकारी सत्संग भवन अवलोकनको क्रममा उहाँले आजको अवस्थामा थुप्रै मानिसहरुमा अनेकौं मानसिक रोगहरु देखा परिरहेका छन् जस्तै मानसिक तनाव, डिप्रेसन, टेन्सन आदि रोगका कारण मानिसहरु दुःखी छन् । यस्ता मानिसहरुका लागि आध्यात्मिक मार्ग मार्फत सत्संगमा आएर आनन्द लिन सके तनाव, डिप्रेशन, टेन्सन आदि दूर हुन सक्ने भएकोले यो निर्माधिन सत्संग भवन एक सुधारको प्रमुख केन्द्र हुन सक्ने बताउनुभयो ।

उहाँले यति ठुलो भवन केवल एक करोड ७० लाख मात्र अहिलेसम्म खर्च भएकोले यति सानो लागतमा यति ठुलो भवनको यति धेरै कार्य सम्पन्न हुनु भनेको निकै प्रशंसनिय कार्य भएकोले यस कार्यको अनुकरण अरुले पनि गर्न सके देशलाई आर्थिक अनिमियताबाट बचाउन सक्ने धारणा राख्नु भयो ।

अन्तमा उहाँले सुदूरपश्चिम प्रदेश सरकारको तर्फबाट आफूले बाँकी निर्माधिन कार्यको लागि आगामि आर्थिक बजेट सत्रमा बजेट छुट्टाउने प्रतिबद्धता पनि जाहेर गर्नुभयो ।

स्वागत कार्यक्रममा सन्त निरंकारी मण्डल नेपालका अध्यक्ष नर बहादुर रावलले मुख्यमन्त्री शाहलाई दोसल्ला ओधाएर स्वागत गर्नुभएको थियो साथै उहाँले भवनको बाँकी रहेको कार्यलाई पुरा गर्न वजेट बिनियोजन गराई पाउँ भनि माग पत्र पनि पेश गर्नुभयो ।

उक्त अवसरमा वर्दगोरिया गाउँ पालिकाका अध्यक्ष कर्ण कुँवर, सोही गाउँ पालिकाका कार्यकारी अधिकृत, त्यस्तै सन्त निरंकारी मण्डलका केन्द्रीय सदस्य देवराज रिमाल, स्थानीय सत्संग भवनका मुखी विजय सिंह कुँवर, सेवादल शिक्षक सुरत कुँवर लगाएत स्थानीय सन्त–भक्तहरुको उपस्थिति रहेको थियो ।

बिज्ञापन