आस्था /आध्यात्म

संसारलाई बाटो देखाउन सत्गुरु संसारमा आउने गर्दछ– नर बहादुर रावल (अध्यक्ष–सन्त निरंकारी मण्डल नेपाल)

बिज्ञापन

सडकपुर बौनियाँ, ११ मंसिर । संसारलाई बाटो देखाउन सत्गुरु संसारमा आउने कुरा सन्त निरंकारी मण्डल नेपालका अध्यक्ष नर बहादुर रावलले सडकपुर बौनियाँको सहारा घरको प्राङ्गणमा आयोजित एक विशाल सत्संग कार्यक्रमलाई सम्बोधन गर्दै बताउनु भएको हो ।

बिज्ञापन

हरेक समय सत्गुरु संसारमा मानवलाई सही बाटो देखाउनको लागि अवतरित हुने गर्दछ । हामी कहाँबाट आएका हौं, जाने बाटो कहाँ हो, कसका अंश हौ त्यसको बारेमा जानकारी यस सत्गुरुले मात्र गराउन सक्छ । सबैको सहारा सत्गुरु हुने गर्दछ । जुन प्रकारले बादलले पानीको वर्षा गरेर सबैलाई सिंचित गरेको हुन्छ, शितलता प्रदान गरेको हुन्छ । त्यस्तै पशु, पंक्षी, नर–नारीको प्यास बुझाउँछ । वृक्षले फल दिन्छ, त्यो आफ्नो लागि नभएर अरुको लागि हुन्छ । मानव जातिमा पनि जो परोपकारको भाव लिएर आएको हुन्छ, त्यसले संसारको उद्धार गर्ने गर्दछ । त्यही भावनालाई शिरोधार्य गरेर बल बहादुर बिष्ट जी लगायत उहाँका आमा–बुवा, श्रीमती, परिवार सबै यस सत्संगमा जोडिनु भएको छ । आज यसैको प्रतिफलको कारण सहारा घरलाई सिंचित गर्न सफल हुनु भएको छ । बल बहादुर जीले जुन कार्य गरिरहनु भएको छ त्यो सबैको बसको कुरा छैन् । दिनरात मानव सेवामा उहाँ समर्पित हुनुहुन्छ । दिनरात नभनेर सहारा घरमा आएका दीन–दुःखी र असायको सेवा गरिराख्नुभएको छ । सेवाको भावनाबाट कत्तिपनि बिचलित नभएर, नथाकेर लागि राख्नुभएको छ, यो उहाँको महान कार्य हो, उहाँले प्रशंसा गर्नुभयो ।

उहाँले सहारा घरका प्रबन्धक बल बहादुर विष्टको कार्यको प्रशंसा गर्दै अगाडि भन्नुभयो धेरै लामो समयदेखि यस घरमा कसैको सहारा नभएका बेसहारा, बेघर, असाय, शारीरिक रुपमा अस्वास्थ, सुस्थमनष्तिि भएकाहरुलाई आफ्नो तन, मन, धन लगाएर दिनरात उनीहरुको स्याहर–सुसार गरिरहनुभएकोमा धन्यवाद दिनुभयो । उहाँलाई भगवानले अझै धेरै वर्षसम्म यस्तै किसिमको उत्साह, जाँगर, लगन निरन्तर तन, मन, धनले परिपूर्ण भएर गरीब–दीन–दुःखीहरुको सहयोग गर्नुमा भगवानले अझै बल प्रदान गरुन भनि अशीर्वादको कामना गर्नुभयो ।

उहाँले भर्खरै हरियाणाको समालखामा सत्गुरु माता सुदीक्षा जी महाराजको प्रमुख आथित्यमा ७५औं निरंकारी सन्त समागमको उल्लेख गर्नुभयो जहाँ संसारका विभिन्न ठाउँबाट सन्तहरु आएका थिए । समागममा अध्यत्मवाद र मानवता एक साथको बारेमा निकै गहन रुपमा चर्चा गरियो । संसारमा आज हामी देखि रहेका छौ कि मानव बनेर पनि मानव दानवतातिर अग्रसर भइरहेको छ । मानवको खोल आढेर दानवको काम गरिरहेको छ । मानवले मानव प्रति गर्ने आफ्नो कर्तव्य बिर्सिसकेको छ । मानव योनि भगवानले हामीलाई किन दिएको हो ? केवल पशु–पंक्षी जस्तै खानु–पिउनु र यश–आरामको लागि मात्र त दिएको होइन । आज भौतिकताको दौडमा मानिस दौडि रहेको छ जसको कारण आध्यात्मिकतालाई मानिसले भूलि सकेको छ । ‘आध्यात्मिक शिक्षा नै भौतिक उन्नतिको पूरक हो’ बाबा हरदेव सिंह जी महाराजको सन्देश रहेको छ । जबसम्म हाम्रो जीवनमा आध्यात्मिक शिक्षा छैन्, तबसम्म भौतिक शिक्षा पनि अधूँरो रहन जान्छ । किनभने आध्यात्मिक शिक्षाबाट नै मानिसको जीवनलाई सही बाटोमा डोरयाउन सकिन्छ । आत्मियता छैन, भावना छैन, परमात्मा–ईश्वर जस्ले जन्म दियो त्यसको हामीले चिनारी वा परिचय गरेका छैनौ केवल हामी म र मेरोमा भूलिरहेका छौ । आज ‘म’ को परिचय दिदा आफ्नो बारेमा उल्लेख गर्छौ तर हामी यो भन्दैनौ कि म केवल एक ईश्वरको अंश हुँ । यसर्थ आत्मा परमात्माको अंश हो भनेर जान्नु आवश्यक छ । यदि हामीले यसलाई जानेनौ वा ‘म’ को हुँलाई चिन्न सकेनौ भने आफूलाई पनि चिन्न सक्दैनौ ।

उहाँले आफ्नो ७५औं जन्म दिन मनाउन यहाँका कर्मयोगी महात्माहरु सडकपुर बौनियाँ सन्त निरंकारी सत्संग भवनका मुखी विजय कुँवर, केन्द्रीय प्रचार विभाग प्रमुख देवराज रिमालको प्रेरणामा सडकपुर बौनियाँ, फलेबिसौनी, अमरावती, मोतीपुर, चिसापानी, सुर्खेत, दाङ्ग, धनगढी, अत्तरीया, मुसुरीया, कञ्चनपुर लगायत विभिन्न ठाउँबाट कर्मयोगी महात्माहरुले आफ्नो अमूल्य समय दिएर यस सत्संग समारोहमा उपस्थिति भएर मलाई जन्म दिनको अवसरमा आशीर्वाद दिनुभएकोमा कृतज्ञा प्रकट गर्दै धन्यवाद दिनुभयो ।

सत्संग कार्यक्रम बिशेष रुपमा सन्त निरंकारी मण्डल नेपालका अध्यक्ष नर बहादुर रावलको ७५औं जन्म दिनको उपक्ष्यमा केन्द्रित थियो जसमा टाढा–टाढाबाट आएका सन्त–भक्तहरुले आ–आफ्नो भाव प्रकट गर्दै सन्त निरंकारी मण्डल नेपालका अध्यक्ष रुपमा नेपालमा सन्त निरंकारी मिशनलाई अगाडि बढानुमा खेल्नु भएको महत्वपूर्ण भूमिका माथि प्रकाश पारेका थिए साथै जन्म दिनमा आधारित कविता, भजन पनि प्रस्तुत गरिएको थियो । कार्यक्रमको अन्यत्यमा केक काटेर उहाँलाई जन्म दिनको बधाई ज्ञापन गरिएको थियो । सत्संग समाप्तिपछि सन्त निरंकारी मण्डलका अध्यक्ष नर बहादुर रावलले सहारा घरमा सहारा लिरहेकाहरुलाई लुगा, अन्न, फलफूल तथा नगद हस्तान्तरण गर्नुभएको थियो ।

सहारा घरका प्रबन्धक बल बहादुर बिष्टले सन्त निरंकारी मिशनले नेपालमा मानवताको लागि खेलेको भूमिकाको प्रशंसा व्यक्त गर्दै सन्त निरंकारी मण्डलका अध्यक्ष नर बहादुर रावललाई प्रशंसा पत्र दिएर स्वागत गर्नुभएको थियो ।


सोहि सत्संग कार्यक्रममा स्थानीय एक जोडी वर–वधुलाई विवाह कार्यक्रमको आयोजना गरि संगतको तर्फबाट आशीर्वाद तथा बधाई दिइएको थियो ।

बिज्ञापन