आस्था /आध्यात्म

राजदेवी मन्दिरमा १५ हजार २५१ बोका बली चढाइयो

बिज्ञापन

जनकपुरधाम । जनकपुरस्थित राजदेवी मन्दिरमा १५ हजार २ सय ५१ बोकाको बली चढाइएको छ । महाअष्टमीको साँझ राजदेवी मातालाई हरेक वर्ष बलि दिने परम्परा छ ।

बिज्ञापन

आइतबार साँझ करिब साढे ८ बजेदेखि सुरु भएको बलि कार्यक्रम सोमबार बिहान ४ बजेसम्म चलेको महावीर युवा कमिटीका अध्यक्ष अजय गुप्ताले जानकारी दिए । स्थानीय महावीर युवा कमिटी, गणेश युवा कमिटी, राम युवा कमिटीले बोका बलिको व्यवस्थापन गरेका थिए ।

जनकपुरधाम गुठी संस्थानले बलि प्रदानका लागि प्रति बोका २ सय रुपैयाँका दरले पैसा उठाएको थियो । आइतबार दिउँसोदेखि नै जनकपुरमा बलि चढाउनेहरूको भिड लागेको थियो ।

राजा जनकको कुलदेवता रहेको मन्यता रहेको राजदेवी मन्दिरमा वर्षमा एक दिनमात्र महाष्टमीको राती बोका बलि चढाइने गरिएको छ । राजदेवी मन्दिरमा बोकाबलिका लागि मधेश प्रदेशका विभिन्न जिल्लासहित भारतबाट समेत श्रद्धालु आउने गरेका छन् ।

बिज्ञापन