आस्था /आध्यात्म

भक्तपुरमा बिशाल दुईदिने निरंकारी सन्त समागमको चैत ३ शनिवारबाट भव्य उद्घाटन हुँदै …

बिज्ञापन

काठमाडौ। सन्त निरंकारी मण्डल नेपालको आयोजनामा यही चैत्र ३ र ४ गते भक्तपुरको सल्लाघारि स्थित मैदानमा आयोजना गरिएको छ ।

बिज्ञापन

सन्त निरंकारी मण्डल नेपालले शुक्रबार गरेको पत्रकार सम्मेलनमा ‘२३औं सन्त निरंकारी समागम नेपाल ’ दुई दिनसम्म चल्ने र त्यस क्रममा सत्गुरु माता सुदीक्षा जी महाराजको प्रवचन सहित विभिन्न कार्यक्रम रहने जानकारी दिएको छ ।

उक्त कार्यक्रमका लागि १२०० जना स्वयंसेवक खटाइएको आयोजकले जनाएका छन् । सत्संगमा उपस्थित भएका मानिसहरुका लागि निःशुल्क खाने बस्ने व्यवस्था, यातायात, पानी, ५०० वटा शौचालय आदिको व्यवस्था गरिएको र अन्य किसिमका खानेकुराका लागि सस्तो मूल्यमा क्यान्टिनसमेत रहने आयोजकले पत्रकार सम्मेलनमा जानकारी दिए ।

उक्त पत्रकार सम्मेलनमा उपस्थित अतिथि विदेश विभाग प्रमुख तथा सेवादल मेम्बर इन्चार्ज विनोद वोहरा, कोर्डिनेटर प्रेस एन्ड पब्लिकेसन इन्चार्ज प्रिमल सिंह, मेम्बर इन्चार्ज मोहन छाब्रा, उपमुख्य संचालक सेवादल जि पि दत्ता, संघीय संसद रन्जु झा पाठकको उपस्थित रहेको रहेको थियो भने कार्यक्रमको अध्यक्षता सन्त निरंकारी मण्डल नेपालका प्रमुख नर बहादुर रावलले गर्नुभएको थियो ।

१०८ रोपनीमा रहेको सल्लाघारीको मैदानको जग्गामा उक्त कार्यक्रम आयोजना हुने आयोजकले जनाएका छन् । उक्त कार्यक्रमका लागि स्वयं सेवकहरुले सफागरि पण्डाल लगाएको र सो हटाएपछि सबै सफा गरेर मात्र छोड्ने निरंकारी मण्डलका उपत्यका क्षेत्रीय सञ्चालक बाबुराज महर्जनले जानकारी दिए ।

सो कार्यक्रमका लागि करिब १० हजार भारतीय र करिब ५ हजार नेपालीको उपस्थिति रहने आयोजकले आकलन गरेको जनाएका छन् ।

उक्त समागममा उपस्थित हुनेहरु स्वेच्छाले आफ्नै खर्चमा आएको र अन्त कतैबाट फण्ड पनि संकलन नगरेर स्वेच्छिक दानबाट सञ्चालन हुने आयोजकले बताएको छ ।

सन्त निरंकारीमिसन विश्वका १०० भन्दा बढी देशहरुमा फैलिएको र नेपालमा मिसनका ३९ जिल्लामा १२५ सत्संग भवन रहेका छन् । भोलिबाट सुरु हुने २३औ सन्त समागम नेपालमा पहिले पनि आयोजना भएका भएतापनि यसपटकको भने नेपालमा आयोजना भएकामध्ये सबैभन्दा भव्य रहने आयोजकको अपेक्षा छ। ।

बिज्ञापन