आस्था /आध्यात्म

मंगलसेन ६ मा तीज विशेष कार्यक्रम सम्पन्न

बिज्ञापन

भदौ १४, अछाम मंगलसेन ६ मा तीज विशेष कार्यक्रम सम्पन्न भएको छ । उक्त अवसरमा मंगलसेन नगरपालिकाका प्रमुख पदम बाेहराले संस्कार र संस्कृतिलाई जाेगाएर चाडपर्व मनाउनुपर्ने बताउनु भएको छ ।

बिज्ञापन

मंगलसेन नगरपालिका वडा नम्बर ६ काे सहयाेग तथा जाल्पादेवि महिला बहुउद्देश्यीय सहकारी संस्थाकाे आयाेजनामा वडा कार्यालयमा भएको बृहत् तीज बिशेष कार्यक्रममा प्रमुख अतिथिको आशनबाट बाेल्दै नगरप्रमुख बाेहराले हरितालिका तीज संस्कार, संस्कृति, मेलमिलाप, धार्मिक आस्था सहितको पर्व भएको भन्दै यसकाे मर्मलाई बुझेर साेही अनुसार मनाउनुपर्ने बताउनुभएको हाे ।

नारीलाई माता, जननी तथा देवीकाे रुपमा पुजा गर्ने पूर्वीय संस्कृति भएको भन्दै हरेक घरमा शान्ति, मेलमिलाप तथा एकता कायम गर्दै अघि बढ्नुपर्ने समेत बताउनु भयाे महिला र पुरुष मिलेर अघि बढे मात्र घरपरिवार र सन्तानले असल संस्कार पाउने उहाँको भनाइ छ ।

धनी परिवारकी छाेरी पार्वती महादेवसंग विवाह गर्न लागेकाे कुरा आमावुवालाई मन नपरेपछि पार्वतीले महादेव परिवार मिलाएर राख्नसक्ने देउताका पनि देउता भएको तर्क गर्दै कठाेर व्रत बसेर मनाेकामना पूरा गरेकाेले त्यसबाट ज्ञान लिनुपर्ने नगरप्रमुख बाेहराकाे भनाइ छ ।

बिज्ञापन