आस्था /आध्यात्म

सन्त निरंकारी मण्डलद्वारा सत्संग सम्पन्न

बिज्ञापन

काठमाडौ, २७ फाल्गुन । सन्त निरंकारी मण्डलद्वारा सत्संगको कार्यक्रम सम्पन्न भएको छ ।

बिज्ञापन

हिजो शनिबार भक्तपुरको सल्लाघारी मैदानमा आयोजित विशाल सत्संग कार्यक्रमलाई सम्बोधन गर्दै सन्त निरंकारी मण्डल केन्द्रीय कार्यलय दिल्लीबाट आउनु भएका विदेश विभाग प्रभारी तथा सेवादल मेम्बर इंचार्ज विनोद वोहराले सन्त निरंकारी मिशन एक परोपकारी संस्था भएकोले निरन्तर रक्तदान गर्दै आएको बताउनु भयो । उहाँले आत्मालाई परमात्मासंग मिलन गराउनु सत्गुरुको मिशन हुने गर्दछ । निरंकारी मिशनका अनुयायीहरुले सत्गुरुबाट ब्रम्हज्ञानको अनमोल ज्ञानलाई आत्मसाथ गर्दै संसारका अरु मानव प्राणीहरुमा ब्रम्हज्ञानको ज्योति फैलाउँदै संसारमा भाइभाचारको भावनालाई स्थापित गर्दछन् । आज यही सन्देशलाई जन–जनसम्म पुरयाउन सत्गुरु माता सुदीक्षा जी महाराज नेपालमा हुने २३औं निरंकारी सन्त समागमलाई सम्बोधन गर्न यहि चैत्र ३ र ४ गते काठमाडौ आइराख्नु भएको जानकारी गराउनु भयो ।

जहिले पनि सत्गुरु यस संसारमा आउनु भयो चाहे त्यो त्रेता युग होस, चाहे द्वापर युग होस, चाहे त्यो सत्युगको कुनैपनि युग होस भक्त, पिर–पैगम्बरहरुको सन्देश मानवताको कल्याणको लागि रह्यो । मानवलाई मानवसंग जोड्न, प्रेम–नम्रताको सन्देशलाई फैलाउनु रह्यो । तरीका पनि एउटै रह्यो । ब्रम्हज्ञानको डोरी मन–मस्तिष्क भएर जान्छ भने त्यसले सबैलाई एउटै डोरीमा उइनेर सुन्दर मालाको रुप धारण गराउँछ । जुन प्रकारबाट बगैचामा रहेका विभिन्न फूलहरुलाई एउटै मालामा उईनिन्छ भने त्यहाँ एउटा सुन्दर मालाको रुप धारण हुन्छ । यस्तै प्रकारबाट सत्गुरु जब यस धरातलमा आउँछन् तिनले संसारको जुनसुकै कुनामा बस्ने मानवलाई मानवसंग जोड्ने कार्य गर्नु भयो । मानवलाई परमात्माले आफ्नो रुप दिएर पठायो । तर जब मानव संसारमा आयो तब त्यसले एक–अर्कासंग वैरभाव, अनेक किसिमका जाति, धर्म, संस्कुति, खान–पिन आदि कार्यमा दुर्भावना फैलाउनुमा व्यस्त रह्यो । मानवदेखि मानवको दूरी फैलाउनुमा लाग्यो । जब सत्गुरु यस संसारमा अवतरित हुनुभयो तब उनले मानवलाई मानवसंग जोडेर शान्ति अमन–चैनको सन्देशलाई नै फैलाउनु भयो । सत्गुरुले संसारमा छरिएर रहेका सम्पूर्ण मानव प्राणी एउटै परमात्माका सन्तान भएकोले हामी सबै एक हौको सन्देशलाई फैलाई रहेको बताउनुभयो ।

उहाँले जबसम्म हामी एकलाई जान्दैनौ, एकलाई मान्दैना तबसम्म हामी एक हुन सक्दैनौ । त्यसैले हामीले एकलाई जान्नु छ, एकलाई मान्नु छ अनि एक भएर विश्व भाइचाराको सन्देशलाई विश्वमा फैलाउनु छ, उहाँले प्रष्ट पार्नुभयो ।

उक्त सत्संग कार्यक्रममा सन्त निरंकारी मण्डल नेपालका अध्यक्ष नर बहादुर रावल, गीतकार जगत सिंह, केन्द्रीय सचिव अनिल महर्जन, सहचिव नर बहादुर बि.क. लगाएत नेपालका विभिन्न ठाउँबाट आएका सन्त–भक्तहरुले गीत र प्रवचनको माध्यमबाट आ–आफ्नो भाव व्यक्त गरेका थिए । कार्यक्रमको संचालन सन्त निरंकारी मण्डल नेपालका प्रचार विभाग प्रमुख देवराज रिमालले गर्नुभएको थियो भने सत्संग समाप्ति पछि सबै सन्तहरु सेवामा समर्पित भएका थिए ।

बिज्ञापन